शंकर के.सी/साउन २६, सल्यान । कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेनले पालिका भित्र रहेका हरेक संघसंस्थालाइ उद्देश्य अनुरुप चल्न र गाउँपालिकामा दर्ता हुन आग्रह "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर के.सी/साउन २६, सल्यान । कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेनले पालिका भित्र रहेका हरेक संघसंस्थालाइ उद्देश्य अनुरुप चल्न र गाउँपालिकामा दर्ता हुन आग्रह "/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हरेक संघसंस्थालाइ गाउँपालिकामा दर्ता हुन प्रमुखको आग्रह

२०७४, २६ श्रावण बिहीबार १०:१८


शंकर के.सी/साउन २६, सल्यान । कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेनले पालिका भित्र रहेका हरेक संघसंस्थालाइ उद्देश्य अनुरुप चल्न र गाउँपालिकामा दर्ता हुन आग्रह गरेका छन् ।

मेरो माइक्रोफाइनान्स वित्तिय संस्था, कपुरकोट शाखाले विहिबार जनप्रतिनीधीहरुलाइ सम्मान र बधाइ दिन आयोजना गरेको कार्यक्रममा सेनले हरेक संघसंथाहरु गाउँपालिकाको नियम भित्र आउनुपर्ने भन्दै गरिव र विपन्न वर्गका मानिसको उन्नतीका लागी क्रियाशिल हुनुपर्ने बताएका हुन् । उनले भने– ‘यस क्षेत्रका हरेक संघसंस्था तथा संचार माध्ययमले जनतासंग प्रत्यक्ष सरोकार राख्ने, विकास र सम्बद्धिमा टेवा पुर्याउने खालका कार्यक्रम संचालन गर्नुपर्छ ।’

गाउँपालिका प्रमुख सेनले प्राप्त अधिकारको समुचित प्रयोगवाट गाउँपालिका क्षेत्रभित्रको विकास, सेवा प्रवाह र जनउत्तरदायि र जवाफदेही सरकारको प्रत्याभूति हुने गरी कपुरकोट गाउँपालिकाले काम गर्ने प्रतिवद्धता पनि जनाए ।

मेरो माइक्रोफाइनान्सका कपुरकोट शाखा प्रवन्धक सतिस पौडेलले गाउँपालिका प्रमुख सेन, उपप्रमुख तिला बुढा लगाएत ६ वटै वडाका अध्यक्षहरुलाइ सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मान र बधाइ दिदै पौडेलले जनचाहना अनुसार काम गर्न जनप्रतिनिधीहरुलाइ आग्रह गरे ।

न्यून आय भएका समूह, विपन्न वर्ग र बैंकिङ क्षेत्रमा नसमेटिएका वर्गलाई सेवा दिने उद्देश्य अनुरुप मेरो माइक्रोफाइनान्स संचालन भएको जनाउदै उनले कपुरकोट शाखा अन्तर्गत ५६ वटा केन्द्रहरु रहेको जानकारि गराएका छन् । र ५६ वटा केन्द्रमा आठ सय ६९ जना सदस्यहरु रहेको पनि शाखा प्रवन्धक पौडेलले जनाए ।

यसैविच मेरो माइक्रोफाइनान्सको कपुरकोट शाखाले वर्षमा एसईई परीक्षामा उत्कृष्ट हुने आफ्ना सदस्यका छोरा या छोरी एक जना रु १२ हजार पुरस्कार दिने गरेको जनाएको छ । प्राकृतिक प्रकोप तथा आवासको पूर्ण क्षती भएका सदस्यहरुलाइ पाँच हजार राहत रकम र महिला सदस्य पहिलो पटक सुत्केरी भएमा दुई हजार रुपैया पनि प्रदान गर्ने गरेको कपुरकोट शाखाका लेखापाल अभिषेक कुमार शाहले जनाएका छन् ।

यस्तै संस्थाले सदस्य वा सदस्यको श्रीमानको मृत्यु भएमा किरिया खर्च स्वरुप क्रमशः १५ हजार र सात हजार ५०० रुपैया प्रदान गर्दै आएको पनि शाहले जनाए । यस अलावा मेरो माइक्रोफाइनान्सले आफ्ना सदस्यहरुलाइ सिपमुलक तालिम तथा आय व्यवस्थापन तालिम पनि बेलाबेलामा प्रदान गर्दै आइरहेको छ । नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय राखेको मेरो माइक्रोफाइनान्सको कार्यक्षेत्र सल्यान लगाएत मुलुकभरि छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने