हरेक संघसंस्थालाइ गाउँपालिकामा दर्ता हुन प्रमुखको आग्रह

Posted on: 10 Aug, 2017


शंकर के.सी/साउन २६, सल्यान । कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेनले पालिका भित्र रहेका हरेक संघसंस्थालाइ उद्देश्य अनुरुप चल्न र गाउँपालिकामा दर्ता हुन आग्रह गरेका छन् ।

मेरो माइक्रोफाइनान्स वित्तिय संस्था, कपुरकोट शाखाले विहिबार जनप्रतिनीधीहरुलाइ सम्मान र बधाइ दिन आयोजना गरेको कार्यक्रममा सेनले हरेक संघसंथाहरु गाउँपालिकाको नियम भित्र आउनुपर्ने भन्दै गरिव र विपन्न वर्गका मानिसको उन्नतीका लागी क्रियाशिल हुनुपर्ने बताएका हुन् । उनले भने– ‘यस क्षेत्रका हरेक संघसंस्था तथा संचार माध्ययमले जनतासंग प्रत्यक्ष सरोकार राख्ने, विकास र सम्बद्धिमा टेवा पुर्याउने खालका कार्यक्रम संचालन गर्नुपर्छ ।’

गाउँपालिका प्रमुख सेनले प्राप्त अधिकारको समुचित प्रयोगवाट गाउँपालिका क्षेत्रभित्रको विकास, सेवा प्रवाह र जनउत्तरदायि र जवाफदेही सरकारको प्रत्याभूति हुने गरी कपुरकोट गाउँपालिकाले काम गर्ने प्रतिवद्धता पनि जनाए ।

मेरो माइक्रोफाइनान्सका कपुरकोट शाखा प्रवन्धक सतिस पौडेलले गाउँपालिका प्रमुख सेन, उपप्रमुख तिला बुढा लगाएत ६ वटै वडाका अध्यक्षहरुलाइ सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मान र बधाइ दिदै पौडेलले जनचाहना अनुसार काम गर्न जनप्रतिनिधीहरुलाइ आग्रह गरे ।

न्यून आय भएका समूह, विपन्न वर्ग र बैंकिङ क्षेत्रमा नसमेटिएका वर्गलाई सेवा दिने उद्देश्य अनुरुप मेरो माइक्रोफाइनान्स संचालन भएको जनाउदै उनले कपुरकोट शाखा अन्तर्गत ५६ वटा केन्द्रहरु रहेको जानकारि गराएका छन् । र ५६ वटा केन्द्रमा आठ सय ६९ जना सदस्यहरु रहेको पनि शाखा प्रवन्धक पौडेलले जनाए ।

यसैविच मेरो माइक्रोफाइनान्सको कपुरकोट शाखाले वर्षमा एसईई परीक्षामा उत्कृष्ट हुने आफ्ना सदस्यका छोरा या छोरी एक जना रु १२ हजार पुरस्कार दिने गरेको जनाएको छ । प्राकृतिक प्रकोप तथा आवासको पूर्ण क्षती भएका सदस्यहरुलाइ पाँच हजार राहत रकम र महिला सदस्य पहिलो पटक सुत्केरी भएमा दुई हजार रुपैया पनि प्रदान गर्ने गरेको कपुरकोट शाखाका लेखापाल अभिषेक कुमार शाहले जनाएका छन् ।

यस्तै संस्थाले सदस्य वा सदस्यको श्रीमानको मृत्यु भएमा किरिया खर्च स्वरुप क्रमशः १५ हजार र सात हजार ५०० रुपैया प्रदान गर्दै आएको पनि शाहले जनाए । यस अलावा मेरो माइक्रोफाइनान्सले आफ्ना सदस्यहरुलाइ सिपमुलक तालिम तथा आय व्यवस्थापन तालिम पनि बेलाबेलामा प्रदान गर्दै आइरहेको छ । नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय राखेको मेरो माइक्रोफाइनान्सको कार्यक्षेत्र सल्यान लगाएत मुलुकभरि छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!