साउन २६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा संविधान संशोधन विधयेक निर्णयार्थ प्रस्तुत भए आफ्नो दलले विपक्षमा मतदान गर्ने प्रष्ट पारे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा संविधान संशोधन विधयेक निर्णयार्थ प्रस्तुत भए आफ्नो दलले विपक्षमा मतदान गर्ने प्रष्ट पारे"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनको विपक्षमा मतदान गर्छौं: थापा

२०७४, २६ श्रावण बिहीबार १०:५०

साउन २६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा संविधान संशोधन विधयेक निर्णयार्थ प्रस्तुत भए आफ्नो दलले विपक्षमा मतदान गर्ने प्रष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै अहिलेको अवस्थामा संविधान संशोधन विद्येयक पारित हुनै नसक्ने ठोकुवा गरेका हुन । उनले भने,‘यो सरकारले संविधान संशोधन नै गर्न चाहेको छैन, संशोधन प्रस्ताव पेश हुने विषय हावादारी हो । कथंकदाचित् पेश भए राप्रपाले विपक्षमा मतदान गर्छ ।’

मधेशको समस्या समाधानका लागि सरकार गम्भीर नभएको थापाको भनाई थियो । मधेशी दलहरूलाई वर्तमान सरकारले झुक्याइरहेको आरोप लगाए । मधेशवादी दलहरूलाई निर्वाचनमा जानबाट रोकेर निहित स्वार्थ पूरा गर्न वर्तमान सरकार सक्रिय रहेको बताए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको समस्या समाधान गर्न नसक्ने थापाको भनाई थियो । संविधान संशोधनका नाममा सरकारले ध्रुवीकरण बढाएको बताए । उनले भने,‘देशको राजनीति राष्ट्रवादी र आत्मसमर्पणवादी गरी दुई ध्रुवमा विभाजित भइरहेको छ । हामी राष्ट्रवादी हौं र वर्तमान सरकारमा भएकाहरू आत्मसमर्पणवादी हुन् ।’

राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने षड्यन्त्र अनुरुप आफ्नो दललाई विभाजित गरिएको तर्क गरे । आफूमाथि राणाले सत्तालोलुप भनी लगाएको आरोपको जवाफ दिदै त्यसो हुन्थ्यो भने उपप्रधानमन्त्रीसहित मन्त्री पदको प्रस्ताव स्वीकार गर्थें भने ।

गणतन्त्र आएपछि आफू दुईवटा सरकारमा मात्र सहभागी भएको उल्लेख गर्दै भने,‘प्रचण्डजीले सरकार नछाड्नुहोस् भन्दा पार्टी हितका लागि छाडेको हुँ । शेरबहादुर देउवाले उपप्रधानमन्त्रीसहित चारवटा मन्त्रालयको प्रस्ताव गर्दा समेत नगएको हुँ । म कसरी सत्तालोलुम भएँ ?’

साक्षात्कारमा बोल्दै थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फुटाएर पशुपति शमशेर राणाले गम्भीर गल्ती गरेको जिकिर गरे । राणाले ४० प्रतिशत केन्द्रीय सदस्य पु¥याउनै नसक्ने दाबी गरे ।

उनले भने,‘पशुपति शमशेर राणासँग केन्द्रीय समिति र संसद दुवैमा ४० प्रतिशत पुग्दै पुग्दैन । गएकाहरू फर्केर आइरहेका छन् ।’ निर्वाचन आयोगले न्यायोचित् निर्णय गर्नुपर्ने भन्दै राप्रपा प्रजातान्त्रिकले कुनै हालतमा मान्यता पाउन नहुने जिकिर गरे । कीर्ते हस्ताक्षर गरी निर्वाचन आयोगमा बुझाइएको नामहरूबारे जानकारी गराउँदै आयोगको निर्णय कानुनसम्वत् हुने आशा व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने