साउन २६, काठमाडौँ  । नयाँ शक्ति पार्टी नेपालका केही असन्तुष्ट नेताले सो पार्टीका संयोजक डा बाबुराम भट्टराईले नयाँ राजनीतिक चिन्तनको मूल्य र मान्यतालाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २६, काठमाडौँ  । नयाँ शक्ति पार्टी नेपालका केही असन्तुष्ट नेताले सो पार्टीका संयोजक डा बाबुराम भट्टराईले नयाँ राजनीतिक चिन्तनको मूल्य र मान्यतालाई "/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुराम एकता र सहकार्यलाई लत्याएर अघि बढ्न खोजे: पौडेल

२०७४, २६ श्रावण बिहीबार १३:२९


साउन २६, काठमाडौँ  । नयाँ शक्ति पार्टी नेपालका केही असन्तुष्ट नेताले सो पार्टीका संयोजक डा बाबुराम भट्टराईले नयाँ राजनीतिक चिन्तनको मूल्य र मान्यतालाई आत्मसात् गर्न नसकेको बताउनुभएको छ । 

असन्तुष्ट समूहका नेताले आज यहाँ पत्रकार सम्मेलन गरी परिवर्तनकारी शक्तिसँगको एकता र सहकार्यलाई लत्याएर एकांगी तवरले संयोजक डा भट्टराई अगाडि बढ्न खोजेको आरोप लगाए । नयाँ शक्तिका सहसंयोजक देवेन्द्र पौडेलले केवल नाराले मात्रै नयाँ नहुने बरु व्यवहार र राजनीतिक विषय जनपक्षीय हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । 

उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद् जस्ता विषयलाई संघर्षको संयुक्त मोर्चा बनाउनु आवश्यक रहेको बताउनुभयो । संघीयता, समावेशिता, समानुपातिकता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितका कार्यनीतिलाई अगाडि बढाउन राजनीतिक कार्यदिशा मिल्नेसँग बृहत् धु्रवीकरणको जरुरी रहेको समूहले जनाएको छ । 

पत्रकार सम्मेलनमा सहसंयोजक पौडेल तथा नेता महेन्द्र पासवान, वामदेव क्षेत्री, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाइली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अन्सारी, लालकिरण शर्मा, शर्मिली लामा, रत्न राना र रवीन्द्र सुनारको सहभागिता थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने