साउन २६, काठमाडौँ  । नयाँ शक्ति पार्टी नेपालका केही असन्तुष्ट नेताले सो पार्टीका संयोजक डा बाबुराम भट्टराईले नयाँ राजनीतिक चिन्तनको मूल्य र मान्यतालाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २६, काठमाडौँ  । नयाँ शक्ति पार्टी नेपालका केही असन्तुष्ट नेताले सो पार्टीका संयोजक डा बाबुराम भट्टराईले नयाँ राजनीतिक चिन्तनको मूल्य र मान्यतालाई "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुराम एकता र सहकार्यलाई लत्याएर अघि बढ्न खोजे: पौडेल

२६ श्रावण २०७४, बिहीबार १३:२९


साउन २६, काठमाडौँ  । नयाँ शक्ति पार्टी नेपालका केही असन्तुष्ट नेताले सो पार्टीका संयोजक डा बाबुराम भट्टराईले नयाँ राजनीतिक चिन्तनको मूल्य र मान्यतालाई आत्मसात् गर्न नसकेको बताउनुभएको छ । 

असन्तुष्ट समूहका नेताले आज यहाँ पत्रकार सम्मेलन गरी परिवर्तनकारी शक्तिसँगको एकता र सहकार्यलाई लत्याएर एकांगी तवरले संयोजक डा भट्टराई अगाडि बढ्न खोजेको आरोप लगाए । नयाँ शक्तिका सहसंयोजक देवेन्द्र पौडेलले केवल नाराले मात्रै नयाँ नहुने बरु व्यवहार र राजनीतिक विषय जनपक्षीय हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । 

उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद् जस्ता विषयलाई संघर्षको संयुक्त मोर्चा बनाउनु आवश्यक रहेको बताउनुभयो । संघीयता, समावेशिता, समानुपातिकता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितका कार्यनीतिलाई अगाडि बढाउन राजनीतिक कार्यदिशा मिल्नेसँग बृहत् धु्रवीकरणको जरुरी रहेको समूहले जनाएको छ । 

पत्रकार सम्मेलनमा सहसंयोजक पौडेल तथा नेता महेन्द्र पासवान, वामदेव क्षेत्री, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाइली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अन्सारी, लालकिरण शर्मा, शर्मिली लामा, रत्न राना र रवीन्द्र सुनारको सहभागिता थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता