साउन २६, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता सवालमा एमालेसँग कुनै पनि पार्टीले प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभएको छ । 

आज "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता सवालमा एमालेसँग कुनै पनि पार्टीले प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभएको छ । 

आज "/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेसँग अरु पार्टीले प्रतिस्पर्धा गर्न सक्दैनन्: ओली

२६ श्रावण २०७४, बिहीबार १५:३४

साउन २६, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता सवालमा एमालेसँग कुनै पनि पार्टीले प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभएको छ । 

आज पार्टी कार्यालय धूम्रबाराहीमा पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो –“एमालेले लिएको राष्ट्रिय अडानका कारण कुनै पनि पार्टी एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन ।” 

अध्यक्ष ओलीले ‘‘एमालेसँग प्रतिस्पर्धा गर्न दम कुनै पार्टीले राख्न सक्दैनन्” भन्दै “केही पार्टी राज्यसत्ताको प्रयोग गरेर अनुचित ढंगले प्रतिस्पर्धा गर्न खोजेका छन्,” बताउनुभयो । 

वैचारिक, नीतिगत र सांगठनिक हिसाबले सबभन्दा ठूलो पार्टी एमाले भएको बताउँदै उहाँले “एमाले प्रमुख वामपन्थी पार्टीमात्र नभएर देशको प्रमुख पार्टी र राष्ट्रिय आन्दोलनको सिंगो नायक हो,” भन्नुभयो । 

अध्यक्ष ओलीले एमाले ठूलो दल भए पनि सजिलोसँग काम गर्न नदिएको र अनेकथरि तत्वले एमालेविरुद्ध लाग्ने गरेको आरोप लगाउनुभयो । 

पहिलो र दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनमा एमाले पहिलो पार्टी बनेको उल्लेख गर्दै उहाँले तराई–मधेशको विकासका लागि तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

अध्यक्ष ओलीले मधेशमा पहिलो पार्टी बनेर विकास लहर ल्याउने बताउँदै राष्ट्रिय नीतिका बारेमा अन्य दल मौन बसेको आरोप लगाउनुभयो । एमालेले लिएको विचार नै राष्ट्रिय विचार हो उहाँले भन्नुभयो – “नेपालको राष्ट्रिय राजनीतिको मूलधार एमाले हो र यो पार्टीको विचार नै राष्ट्रिय विचार हो ।” 

अध्यक्ष ओलीले केही वामपन्थी दलसँग अलिकति संक्रिणताका कारण वाम एकता हुन नसकेको उल्लेख गर्दै एमाले अटाएको ठाउँमा अन्य वामपन्थी पनि अटाउन सक्ने विचार व्यक्त गर्नुभयो । 

सो अवसरमा वाम बृद्धिजीवी गणेशकुमार अधिकारी र नेकपा (क्रान्तिकारी माओवादी)का नेवा राज्यसमिति सदस्य कमलप्रसाद घिमिरेसहित एमालेमा प्रवेश गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल