८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

स्वरोजगार व्यापार श्रमिक संघ प्रदेश नं ४ बाट उमाराज बास्तोला निर्बाचित

२७ श्रावण २०७४, शुक्रबार १२:४४

स्वरोजगार व्यापार श्रमिक संघ प्रदेश नं ४ बाट उमाराज बास्तोला निर्बाचित  
काठमाडौ ,२७ श्रावण 
नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघको पाँचौं राष्ट्रिय अधिवेशनले कुमार सापकोटाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कमिटि निर्विरोध निर्वा्चित गरेको छ । संघको उपाध्यक्षमा जनार्दन पराजुली र माया गुरुङ निर्बिरोध भएका छन् । यस्तै महासचिवमा राजकुमार श्रेष्ठ,उपमहासचिव कमला दाहाल,सचिवहरुमा कमला आचार्य र इन्द्रबहादुर बस्नेत निर्वा्चित भएका छन् । यसैगरी सदस्यहरुमा प्रदेश नं १ बाट कृष्णप्रसाद घिमिरे र सावित्रा खड्का,प्रदेश नं २ बाट कमल पौडेल र शिला झा,प्रदेश नं ३ बाट भवानीप्रसाद शर्मा, सिता रिजाल र तिलकबहादुर खड्का,प्रदेश नं ४ बाट उमाराज बास्तोला,प्रदेश नं ५ बाट दिलबहादुर गुरुङ,प्रदेश नं ६ बाट लक्ष्मीकुमारी ज्ञवाली र प्रदेश नं ७ बाट खड्गबहादुर रोक्का मगर र बासुदेव दाहाल निर्वा्चित भएका छन् । 

प्रदेश नं ४ बाट निर्बाचित  बास्तोला चिप्लेढुंगा मिनि मार्केट का  अध्यक्ष, बास्तोला कम्प्लेक्स का संचालक तथा पोखरामा रहेको सरल नमुना बचत तथा ऋण सहकारी सस्थाका नि बर्तमान अध्यक्ष समेत हुन् । 
 अध्यक्षमण्डलका अध्यक्ष एवं जिफन्टका महासचिव विष्णु लम्सालले नवनिर्वा्चित कमिटिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै स्वरोजगार व्यापार श्रमिकका हक अधिकार स्थापित गराई अगाडि बढ्न नवनिर्वा्चित कमिटिलाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । यस्तै कार्यक्रममा साँसद चुडामणि जंगली, जिफन्ट उपमहासचिव एवं प्रदेश ३ का संयोजक जनक चौधरी,जिफन्टका सचिव एवं प्रदेश नं १ का संयोजक दिपक पौडेल, जिफन्टका सचिवहरु दिनेश राई, बेलीमाया घले, प्रदेश नं ३ का सचिव रामहरि नेपाल, क्यूपेक नेपालका अध्यक्ष नरनाथ लुँटेल लगायतले नवनिर्वा्चित कमिटिलाई बधाई ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता