२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पहिरोले बाटो बगाएपछि वडा कार्यालय सम्म पुग्न समस्या

२०७४, २९ श्रावण आईतवार ०७:०७

साउन २९, रामेछाप । लगतारको वर्षका कारण रामेछापको  उमाकुण्ड गाउँपालिका वडा नं. १ गुम्देलको विभिन्न ठाउँमा बाटो अबरुद्ध भएको छ । लगतार पाँच दिन देखि भारी वर्षका कारण गुम्देलको टेकममा पहिरो गएर बाटो बगाए पछि स्थानीयबासीलाई आवतजावतमा समस्या भएको हो । 

बाटो बगाए पछि गुम्देलको चरी, पत्कारी र च्याँउकेका स्थानीय बासिन्दालाई वडा कार्यालय सम्म पुग्न समस्या भएको हो । वडा कार्यालय सम्म जान नसक्दा वडा कार्यालयबाट पाउने सेवा सुविधाबाट स्थानीयहरु बञ्चित भएका छन् । उक्त बाटो भएर विद्यालय जाने विद्यार्थीहरुलाई पनि समस्या भएको छ । ४५ मिनेटमा विद्यालय पुगिने बाटो बगाए पछि करिब दुई घण्टाको बाटो घुमेर विद्यालय जान विद्यार्थीहरु बाध्य भएका छन् । दैनिक उपाभोग्य खाद्यन्नका सामाग्रीहरु ढुवानीमा कठिनाइ भएको छ । 

पहिरोले व्यावसायिक रुपमा लगाइएको अलैँची समेत बगाएको छ । पहिरो शुक्रबार बेलुका देखि अहिले सम्म नियमित रुपमा बगीरहेकोले क्षति बढ्न सक्ने स्थानीय शिक्षक डिबी कार्कीले जानकारी दिनुभएको छ । 

नियमित रुपमा वर्ष भैरहेको र वर्ष रोकिन साथ दिर्घाकालिन रुपमा समस्या नआउने गरी बाटो बनाउने योजना रहेको वडा सदस्य विष्णु बस्नेतले जानकारी दिनुभयो । – रामचन्द्र वि.कको सहयोगमा | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो