उप्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उप्र"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ उपप्रधानमन्त्री काठमाडौँमा

३० श्रावण २०७४, सोमबार १३:३९

साउन ३०, काठमाडौँ । चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चारदिवसीय औपचारिक भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौँ आइपुगेका छन् । 


उप्रधानमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले स्वागत गरेका छन् । 

चिनियाँ विशिष्ट पाहुनालाई चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चिनियाँ राजदूत यु होङ तथा परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृत र चिनियाँ दूतावासका कर्मचारीले स्वागत गरेका थिए । 

टोलीमा दुई जना उपमन्त्री, एक सहायकमन्त्री, दुई चिकित्सक, एक सुरक्षा अधिकारीसहित २१ जना रहेका छन् । चिनियाँ उपप्रधानमन्त्रीलाई होटल सोल्टीमा बस्ने प्रबन्ध मिलाइएको छ ।

६२ बर्से उपप्रधानमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य हुन् । चिनियाँ स्टेट काउन्सिलका प्रमुख नेतामध्ये वाङ पनि एक हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको ग्वाङडोङ प्रान्तीय कमिटीका सचिवका रूपमा उनले २००७ देखि २०१२ सम्म काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता