साउन ३२, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षाको पाठ्यक्रमलाई रोजगारी र उत्पादन अभिवृद्धि तथा प्राकृतिक जोखिम न्यूनीकरण गर्ने व्यावहारिक शिक्षा अनुकू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षाको पाठ्यक्रमलाई रोजगारी र उत्पादन अभिवृद्धि तथा प्राकृतिक जोखिम न्यूनीकरण गर्ने व्यावहारिक शिक्षा अनुकू"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘उच्चशिक्षालाई व्यावहारिक शिक्षा अनुकूल बनाउनुपर्छ’

३२ श्रावण २०७४, बुधबार १०:०७

साउन ३२, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षाको पाठ्यक्रमलाई रोजगारी र उत्पादन अभिवृद्धि तथा प्राकृतिक जोखिम न्यूनीकरण गर्ने व्यावहारिक शिक्षा अनुकूल बनाउनुपर्ने बताउनुभएको छ । 

पोखरा विश्वविद्यालयको अठारौँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले वैज्ञानिक, व्यावहारिक र रोजगारमूलक शिक्षाको पठनपाठन तथा विस्तारमा जोड दिएमा मात्र विश्वविद्यालयका उद्देश्यहरू हासिल हुने बताउनुभयो । 

पोखरा विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले देशको प्रमुख पर्यटकीयस्थल, कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थल एवम् सात तालको वाटिका शहर लेखनाथमा अवस्थित सो विश्वविद्यालयको नवनिर्मित केन्द्रीय प्रशासनिक भवनको उद्घाटन तथा प्राज्ञिक भवन कम्प्लेक्सको शिलान्यास कुलपतिको हैसियतमा आफूले २०५८ साल माघ ७ गते गरेको स्मरण गर्दै अहिले विश्वविद्यालयले गरेकोे विकास, विस्तार र दायरा फराकिलो भएको पाइएकोमा खुशी व्यक्त गर्नुभयो । 

उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले लगभग ३० हजार विद्यार्थीले अध्ययन गर्ने र बर्षेनी लगभग पाँच हजार दक्ष एवम् सीपयुक्त जनशक्ति उत्पादन गरेको यो विश्वद्यालयको थप विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

सभामा उपकुलपति प्रा चिरञ्जीवी शर्माले प्रस्तुत गर्नुभएको वार्षिक नीति र कार्यक्रममा प्राप्त सुझाव समेटेर १० दिनभित्र कुलपतिले पारित गर्ने निर्णय भएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता