साउन ३२, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षाको पाठ्यक्रमलाई रोजगारी र उत्पादन अभिवृद्धि तथा प्राकृतिक जोखिम न्यूनीकरण गर्ने व्यावहारिक शिक्षा अनुकू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षाको पाठ्यक्रमलाई रोजगारी र उत्पादन अभिवृद्धि तथा प्राकृतिक जोखिम न्यूनीकरण गर्ने व्यावहारिक शिक्षा अनुकू"/>
२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘उच्चशिक्षालाई व्यावहारिक शिक्षा अनुकूल बनाउनुपर्छ’

२०७४, ३२ श्रावण बुधबार १०:०७

साउन ३२, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षाको पाठ्यक्रमलाई रोजगारी र उत्पादन अभिवृद्धि तथा प्राकृतिक जोखिम न्यूनीकरण गर्ने व्यावहारिक शिक्षा अनुकूल बनाउनुपर्ने बताउनुभएको छ । 

पोखरा विश्वविद्यालयको अठारौँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले वैज्ञानिक, व्यावहारिक र रोजगारमूलक शिक्षाको पठनपाठन तथा विस्तारमा जोड दिएमा मात्र विश्वविद्यालयका उद्देश्यहरू हासिल हुने बताउनुभयो । 

पोखरा विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले देशको प्रमुख पर्यटकीयस्थल, कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थल एवम् सात तालको वाटिका शहर लेखनाथमा अवस्थित सो विश्वविद्यालयको नवनिर्मित केन्द्रीय प्रशासनिक भवनको उद्घाटन तथा प्राज्ञिक भवन कम्प्लेक्सको शिलान्यास कुलपतिको हैसियतमा आफूले २०५८ साल माघ ७ गते गरेको स्मरण गर्दै अहिले विश्वविद्यालयले गरेकोे विकास, विस्तार र दायरा फराकिलो भएको पाइएकोमा खुशी व्यक्त गर्नुभयो । 

उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले लगभग ३० हजार विद्यार्थीले अध्ययन गर्ने र बर्षेनी लगभग पाँच हजार दक्ष एवम् सीपयुक्त जनशक्ति उत्पादन गरेको यो विश्वद्यालयको थप विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

सभामा उपकुलपति प्रा चिरञ्जीवी शर्माले प्रस्तुत गर्नुभएको वार्षिक नीति र कार्यक्रममा प्राप्त सुझाव समेटेर १० दिनभित्र कुलपतिले पारित गर्ने निर्णय भएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण