साउन ३२, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले नेपाली जनतालाई डुबाइरहे कोशी व्यारेजमा बम हान्न सकिने बत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३२, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले नेपाली जनतालाई डुबाइरहे कोशी व्यारेजमा बम हान्न सकिने बत"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपाली जनतालाई डुबाइरहे कोशी व्यारेजमा बम हान्न सकिन्छ’

३२ श्रावण २०७४, बुधबार १०:५१


साउन ३२, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले नेपाली जनतालाई डुबाइरहे कोशी व्यारेजमा बम हान्न सकिने बताएका छन् । 

क्रान्तिकारी पत्रकार संगठनले बुधबार बाग्लुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विप्लवले कोशी व्यारेजमा बम पड्काउने धम्की दिएको भनि गलत प्रचार भएको बताए । 

‘कोशी व्यारेज हटाउनुपर्छ यो नेपालीको हितमा छैन् भन्ने हाम्रो माग हो,’ बुढाले भने,‘अहिले नै बम हान्ने भन्ने कुरा त होइन तर यसरी नेपाली जनतालाई डुबाइराख्ने हो भने बम हानिन्न भनेर भन्न सकिन्न ।’ 

सरकार सञ्चालन गरिरहेका दलहरूको लाचारीपनका कारण अहिले मधेश डुबानमा परेको उनको दाबी थियो । उनले जनगणतन्त्र र वैज्ञानिक समाजवादका लागि पार्टीले हतियार उठाउन सक्ने संकेत गरे ।

बाह्य शक्तिको डिजाइमा संसदवादी दलहरू चलेको र माओवादी केन्द्रले उनीहरूलाई साथ दिएको बुढाको आरोप थियो । ‘भारतको चाकडी गरेर सत्ता चलाउनेहरूको बोलवाला छ,’ उनले भने, ‘बाह्य शक्तिको डिजाइनमा नेपालमा फेरि रक्तपात मच्चिनसक्छ । 

अब राष्ट्रवादी देशभक्तहरू एकजुट नभए देश नै नहरने अवस्था आउन सक्छ ।’ स्थानीय तहको निर्वाचन जनताका लागि नभई संसदीय व्यवस्थालाई पक्षपोषण गर्ने भएकाले आफ्नो पार्टीले खारेज गर्न माग गरेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता