२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बाँदर’ र ‘बिहार’ प्रसंगले सांसदको बोलिमा दुईपटक आपत्ति

२०७४, ३२ श्रावण बुधबार ११:३३

साउन ३२, काठमाडौं । व्यवस्थापिका-संसद्को बुधबारको बैठकमा सांसदहरुले प्रयोग गरेको शब्दप्रति दुईपटक आपत्ति प्रकट गरिएको छ । 

नेकपा एमालेका सांसद ममता गिरीले आफ्नो पार्टीका तर्फबाट प्रस्तुत गरेका सार्वजनिक महत्वको प्रस्तावको बचाउ गर्दै ‘बाँदर’ प्रवृत्तिका मानिसले मात्रै यो प्रस्तावलाई अस्वीकार गर्न सक्दछन् भन्ने आशयका अभिव्यक्तिप्रति सांसद रामहरि खतिवडाले तत्कालै उठेर आपत्ति जनाउनुभएको थियो । 

उहाँले भन्नुभयो, ‘बाँदर भन्ने शब्द संसदीय मर्यादा विपरीत भएकाले त्यसप्रति मेरो आपत्ति छ, त्यसलाई रेकर्डबाट हटाउन सभामुख समक्ष माग गर्दछु ।’ 

त्यसको लगत्तै सभामुखको भूमिकामा रहनुभएका नेपाली कांग्रेसका सांसद नारायणबहादुर कार्कीले उक्त शब्दलाई रेकर्डबाट हटाउन सचिवालयका कर्मचारीलाई निर्देशनसमेत दिनुभएको थियो । 

त्यसैगरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीले तराईको कुरा गर्दा बिहारसँग तुलना गरेर हेर्ने पार्टीले अहिले तराई–मधेसको डुबानको विषयमा सार्वजनिक महत्वको प्रस्ताव ल्याउनु कतिको ठीक होला ? भन्ने आशयले छलफलमा कुरा राखेलगत्तै एमालेका सांसद तथा जरुरी सार्वजनिक महत्वका प्रस्तावक भीम रावलले उक्त भनाइप्रति आपत्ति प्रकट गर्दै आफू सम्बद्ध पार्टीले तराईका विषयमा कहिले पनि त्यस्तो नभनेको र यस्ता किसिमको प्रचारसमेत नगर्न आग्रह गर्नुभएको थियो । 

उहाँले भन्नुभयो, ‘तराई मधेसप्रति आफ्नो पार्टीले कहिल्यै बिहारसँग जोडेर नहेरेको तथा नेपालको सार्वभौम, स्वतन्त्रता र अखण्डताप्रति आफ्नो पार्टी सदैव सचेत रहेकाले अघिल्ला सांसदबाट तराई भनेको बिहार भन्ने अभिव्यक्ति एमाले भनेको भन्ने भनाइप्रति आपत्ति छ, यस्तो ‘कु’ प्रचार बन्द गरियोस् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण