साउन ३२, काठमाडौँ | युवासंघ नेपालको नवौँ महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ । 

‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको यु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौँ | युवासंघ नेपालको नवौँ महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ । 

‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको यु"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवासंघको नवौँ महाधिवेशन काठमाडौँमा हुने

३२ श्रावण २०७४, बुधबार १६:१२

साउन ३२, काठमाडौँ | युवासंघ नेपालको नवौँ महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ । 

‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान’ भन्ने मूल नाराका साथ हुने उक्त महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व छनोट गर्नेछ । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजीव पहारीले मुलुकको प्रादेशिक संरचनाअनुसार संगठनलाई सुदृढ गरिने बताउँदै त्यसका लागि विधान संशोधन गरी परिमार्जनसहित अनुमोदन महाधिवेशनमा गरिने जानकारी दिनुभयो । 

राष्ट्रिय स्वाभिमान र संविधान पूर्ण कार्यान्वयन नै संगठनको मूल कार्यदिशा हुने जानकारी दिँदै उहाँले विभिन्न २५ मुलुकबाट अतिथि आमन्त्रण गरिने बताउनुभयो । महाधिवेशनमा अध्यक्षले राजनीतिक, महासचिवले साङ्गठनिक तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ । 

संगठनले आगामी भदौ २ गतेदेखि ९ गतेसम्म प्राकृतिक प्रकोप तथा बाढीपहिरो प्रभावित जिल्लामा स्थानीय प्रशासनसँग आवश्यक समन्वय र सहकार्य गरी पीडितलाई सहयोग तथा राहत वितरण गर्ने जानकारी गराइएको छ । 

विगत केही दिनयता आएको वर्षाका कारण बाढीपहिरो र डुबान भई देशभर हालसम्म १२२ नागरिकको मृत्यु भएको जनाइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता