२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालापानी क्षेत्रमा भारतले सैनीक गतिविधि बढायो

१ भाद्र २०७४, बिहीबार ०६:३२


लोकेन्द्र प्रशाद जोशी/भदौ १, दार्चुला । भारतले त्रिदेशीय सिमा क्षेत्र दार्चुलाको कालापानी क्षेत्रमा सैनिक गतिविधि बढाएको छ । 

भारतिय सेनाले विवादास्पद कालापानीमा पछिल्ला समय सैनिक गतिविधि बढाएको हो । चिनले विवादास्पद कालापानी र कस्मिरमा चिनिया सैनिकको उपस्थिती भए के हुन्छ भनेर बताइ रहेकै बेला कालापानीमा भारतिय सैनिकको उपस्थिती बढेको हो । 

अहिले भारतको धारचुलामा रहेको गार्खा रेजिमेण्टको ब्यारेकबाट भारतिय सेनाको हेलिकोप्टरबाट दैनिक जसो सैनिक ओसारि रहेको स्रोतको दाबी छ । सो क्षेत्रमा पछिल्ला दिनमा अशोभाविक गतिविधि हुन थालेको पत्रकार नरेन्द्र कार्कीले बताउँनुभयो ।

भारतिय दैनिक पत्रिका नव भारत टाईम्सका अनुसार डोकलाम विवादपछि भारतले चिनसंग जोडिएका क्षेत्रमा सैनिकको संख्या बढाएको पुष्टि गरेको छ । 

डोकलाम विवाद उत्कर्षमा पुगीरहेका बेला चिनिया सैनिकको आक्रामक गतिविधिलाई मध्यनजर गर्दै भारतले एक हजार चार सय किलो मिटर लामो चिन भारत सिमा क्षेत्रमा सैनिकको संख्या बढाइएको हो ।

सामरिक महत्वको सो क्षेत्रमा सन १९६२ मा चिन र भारतबिच युद्ध भएको थियो । सो युद्धमा भारतले ठूलो क्षती समेत बेहोरेको थियो ।  सो क्षेत्रमा भारतको तर्फबाट भारतिय सेनाका अतिरिक्त ईण्डिया तिब्बत बोर्डर पुलिस आईटीबीपि को पनि ठूलो संख्यामा तैनाथी छ ।

नेपाली पक्षबाट बिभिन्न समयमा कालापानी छोड जस्ता अभियान र चर्का नारा जुलुस प्रदर्शन भएपनि राज्यले कुटनितिक रुपमा ठोस पहल गर्न नसक्दा अहिले बिस्तारबादी सोच भएको भारत नेपाली भुमिप्रति आखाँ गाड्दै गएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला