भदौ १, काठमाडौँ । जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी आज बिहान विशेष विमानबाट बेइजिङतर्फ प्रस्थान गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १, काठमाडौँ । जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी आज बिहान विशेष विमानबाट बेइजिङतर्फ प्रस्थान गरे"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ उपप्रधानमन्त्री वाङ बेइजिङ प्रस्थान

१ भाद्र २०७४, बिहीबार ०७:३६


भदौ १, काठमाडौँ । जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी आज बिहान विशेष विमानबाट बेइजिङतर्फ प्रस्थान गरेका छन् । 

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिदाइ गरे । 

चिनियाँ अतिथिको बिदाइका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देव, चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि चीनका राजदूत यु होङ, उक्त मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका वरिष्ठ अधिकारी उनको बिदाइका लागि विमानस्थलमा उपस्थित थिए। 

नेपाल सरकारको मैत्रीपूर्ण निमन्त्रणामा एक उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत सोमबार उनी यहाँको भ्रमणमा आएका थिए । 

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीसँग उहाँले बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । 

चिनियाँ उपप्रधानमन्त्री वाङले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार नेतृत्वको नेपाली टोलीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुका साथै चीन सरकारको सहयोगमा हुने हनुमानढोका दरबारस्थित नौतले दरबारको जीर्णोद्धारको शुभारम्भ पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता