भदौ १, नेपालगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका बाढीपीडितको उचित व्यवस्थामा सबै उपाय अवलम्बन गरिने बताउनुभएको छ । 

बाँके, बर्दिया र कै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १, नेपालगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका बाढीपीडितको उचित व्यवस्थामा सबै उपाय अवलम्बन गरिने बताउनुभएको छ । 

बाँके, बर्दिया र कै"/>

३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपीडितको उचित व्यवस्थापन गरिनेछ: प्रधानमन्त्री

१ भाद्र २०७४, बिहीबार १३:१४


भदौ १, नेपालगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका बाढीपीडितको उचित व्यवस्थामा सबै उपाय अवलम्बन गरिने बताउनुभएको छ । 

बाँके, बर्दिया र कैलाली जिल्लाका बाढी प्रभावित क्षेत्रको हवाई तथा स्थलगत अवलोकन र पीडित परिवारलाई राहत वितरण गरी काठमाडौँ फर्कने क्रममा नेपालगन्ज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले सरकारले बाढी प्रभावितको सुरक्षित बसोबास तथा जीविकोपार्जनलाई मुख्य प्राथमिकतामा राखेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “सरकार यो विषयमा अत्यन्त संवेदनशील छ, बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक गृहकार्य थालनी गरिएको छ ।” 

“बाढी प्रभावितको अवस्था अत्यन्त दयनीय छ, उनीहरुको आवश्यकता तत्कालको राहतले पूरा हुन सकेको छैन, यो कुरा सरकारले बुझेको छ, यसैका आधारमा सरकारबाट सबैखाले स्रोत र साधन परिचालन गरी पीडितको व्यवस्थापन छिटोभन्दा छिटो हुनेछ”, उहाँले भन्नुभयो । 

पत्रकार भेटघाटअघि प्रधानमन्त्री देउवालाई नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले बाढी प्रभावितको समस्या उल्लेख गरिएको दशबुँदे ध्यानाकर्षणपत्र हस्तान्तरण गर्नुभएको छ । 

सो पत्रमा बाढीबाट विस्थापितको सुरक्षित बसोबास हुनुपर्ने, क्षतिग्रस्त पुल र सडक तत्काल मर्मत गरिनुपर्ने, बाढी आउन नदिन नदीमा तटबन्ध निर्माण गर्नुपर्ने, भारतले सीमा क्षेत्रमा निर्माण गरेको तटबन्ध बाढीको कारक भएकाले सो विषयमा सरकारीस्तरबाट सम्बद्ध पक्षसँग वार्ता गरिनुपर्ने लगायत माग समेटिएका छन् । 

सोही अवसरमा बाँके जिल्लाको लक्ष्मणपुर बाँधपीडित संघर्ष समितिका अध्यक्ष जगदीशबहादुर सिंहले छबुँदे मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन