८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्यरातमा एमाले नेताको घरमै मतदाता नामावली संकलन भएपछी…

३ भाद्र २०७४, शनिबार १७:५४

भदौ ३, काठमाडौं । मतदाता नामावली संकलन गर्न खटिएका निर्वाचन आयोगका कार्यचारी मध्यरातमा नेकपा एमाले नेताको घरमा भेटिएको भन्दै बुढानीलकण्ठमा हंगामा भएको छ ।

राति ९ बजेतिर महाराजगञ्ज वृत्तबाट पुगेको प्रहरी टोलीले निर्वाचन आयोगका कर्मचारी भनिएका व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

बुढानीलकण्ठ नगरपालिकाका एमाले अध्यक्ष दिपक निरौलाको घरमा निर्वाचन कार्यालयका कर्मचारी भेटिएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

उनीहरूका अनुसार क्षत्री थरका उनी नगरपालिकाका फोटोसहितको मतदाता नामावली संकलनका लागि खटिएका थिए । उनले शनिबार अन्तिम दिन आयोगमा नामावली संकलन सफलतापूवर्क सफल भएको खबर समेत गरेका थिए ।

तर, राति एमाले नेताको घरमा भेटिए, त्यो पनि मतदाता नामावली संकलनका लागि प्रयोग हुने प्यापटपसहित नगरमा मतदाता नामावलीका नाम लेखाउन जानेहरुको ठूलो भिड थियो । एमाले नेताहरु सेटिङ मिलाएर कर्मचारीलाई राति घरमा बोलाउने र आफ्नो मानिसहरुको नाम लेखाउने गरेका थिए ।

नामावली संकलनको समय शनिबार सकिएको छ । तर, एमाले नगर अध्यक्षको घरमा नाम संकलन भइरहेको थाहा पाएपछि कांग्रेस कार्यकर्ता पुगेका थिए । तनावको अवस्था आएपछि पुगेको महाराजगंज प्रहरीको टोलीले दुबैलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता