टेक शाही | भदौ ४, डोल्पा | यातायातको कुनै पनि माध्यायम नभए पछि डोल्पा जिल्लाबाट नेपाल पत्रकार महाँसघका केन्द्रीय प्रतिनिधिले अधिबेशनमा भाग लिन पाएनन । प्रति ब्यक्ति ३५ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक शाही | भदौ ४, डोल्पा | यातायातको कुनै पनि माध्यायम नभए पछि डोल्पा जिल्लाबाट नेपाल पत्रकार महाँसघका केन्द्रीय प्रतिनिधिले अधिबेशनमा भाग लिन पाएनन । प्रति ब्यक्ति ३५ "/>
२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेलिकप्टर कुर्दा कुर्दै डोल्पाका पत्रकारहरुले महाँसघमा भोट हाल्न पाएनन्

२०७४, ४ भाद्र आईतवार ०७:४८

टेक शाही | भदौ ४, डोल्पा | यातायातको कुनै पनि माध्यायम नभए पछि डोल्पा जिल्लाबाट नेपाल पत्रकार महाँसघका केन्द्रीय प्रतिनिधिले अधिबेशनमा भाग लिन पाएनन । प्रति ब्यक्ति ३५ हजार हेलिकप्टर भाडा तिरेर अधिबेशनमा जाने तयारिमा रहेका डोल्पामा पत्रकारहरु भोट हाल्न नपाउने भएको नेपाल पत्रकार महाँसघ डोल्पाका अध्यक्ष बबिकिशोर गूरुगले जानकारि दिए । 

नेपाल पत्रकार महाँसघ जिल्ला कार्य समितिका अध्यक्ष र ४ जना केन्द्रीय पार्शदले नेपाल पत्रकार महाँसघको २५ औँ अधिबेशनमा भोट हाल्नबाट बञ्चित भएका नेपाल पत्रकार महाँसघ जिल्ला शाखा डोल्पाले जानकारि दिएको छ । 

पैदल र हवाइ सेवा २ महिना देखि अबरुछ भए पछि केन्द्रीय प्रतिनिधिहरु अधिबेशनमा भाग लिनबाट बञ्चित भएका पत्रकार महाँसँघका उपाध्यक्ष कमल क्षेत्रिले बताए । उनले भने पैदल मार्ग जोखिम छ हवाइ मार्ग पनि २ महिना देखि बन्द छ राज्यको चौथो अँगलाइ नै आफनो अधिकारबाट बञ्चित गरायो सरकारले ।

महाँसघको अधिबेशनमा केन्द्रीय प्रतिनिधिले आफनो खर्चबाट जानु पर्ने यातायातको माध्यायम छैन ३५ हजारको महगो हेलिकप्टर भाडा तिर्न सकिदैन पत्रकारका पिडा कस्ले बुझि दिन्छ केन्द्रीय पार्शद जुन कुमारि हिराचनले दुखेसो पोखिन । उनि भन्छिन भन्दा चौथो अँग सेवा सुबिधा छैन दुर्गम र हिमाली जिल्ला भएको महसुस हुदैछ । 

केन्द्रीय कार्यालयका सबै पदाधिकारिले कुनै पनि अबस्थामा आउनको लागि आग्रह गरे पनि अधिबेशनमा भाग लिनको लागि कुनै पनि बिकल्प नभएकोे केन्द्रीय प्रतिनिधि इन्द्र बहादुर बोहोराले बताए । उनले भने कर्णाली र ६ नँ प्रदेशका क्ुनै पनि उम्मेद्धारलाइ आफनो अमुल्य मत दिन पाइएन । 

राज्यको चौथो अँगको पिडा राज्यले बुझेन लाग्छ डोल्पामा सरकारको उपस्थिति नै छैन अध्यक्ष बबिकिशोर गूरुगले भने । ३५ हजार भाडा तिरेर पनि हामी जान तयार छौ तर हेलिकप्टर पनि बिभिन्न कारण देखाउदै उडान नगरे पछि अधिबेशनमा सहभागि हुने आसा मरि सकेको अध्यक्ष गूरुग बताउछन । 

सञ्चार क्षेत्रमा थोरै मात्र पहुच भएको जिल्ला डोल्पा हो । जिल्लामा बिभिन्न साना र ठुला मिडियामा नियमित काम गर्ने एक दर्जन बराबर मात्र पत्रकारहरु रहेका छन । राष्ट्रिय दैनिक तथा रेडियो र टेलीभिजनमा काम गर्ने श्रमजिवी पत्रकारहरु भने आधा दर्जन पनि छैन । 

केहि दिन देखि देश भरका पत्रकारहरु राजधानिमा जम्मा भएर आ–आफनै पदाधिकारीको नाम र प्यानल घोषणा गरि सकेको अबस्थामा डोल्पाका पत्रकार बदलिदो आकाशमा हेलिकप्टरको बाटो हेर्दै बसि रहेका छन । 

यातायातको नाका बन्दीले डोल्पाका पत्रकारले आफनो अधिकारबाट बञ्चित हुन बाध्य बनायो जिल्ला शाखाका सहसचिव सरोज थापाले बताए । उनी भन्छन महाँसघको जिल्लामा स्थापना पस्चात केन्द्रीय सदस्य सम्म लड्ने खालको बतावरण बनाउन सकेको छैन सधै क्षेत्रगत रुपमा भोट हाल्ने प्रचलन थियो  यस पालि त त्यहि भोटै हाल्न पाउने भएन । 

पैदल मार्गमा नेपाली सेनाले बिष्पोट गराउदैछ सडक निर्माणको लागि । अर्को तिर भेरिको उच्च बहावले बाटो उच्च जोखिममा रहेको छ । जिल्लामा २ वटा बिमानस्थल भए पनि मसिनेचौर सञ्चालनमा छैन जुफला बिमानस्थल २ महिना देखि कालो पत्रेको लागि भन्दै बन्द गरिएको छ । घछ हजारको महगो हेलिकप्टरको भाडा तिरेर पनि यात्रा गर्न नपाए पछि डोल्पाका पत्रकारले २५ अधिबेशनमा सहभागि भइ मतदान गर्नबाट बञ्चित भएका हुन । 

डोल्पाबाट राजधानि सम्मको हेलीकप्टरबाट यात्राका लागि प्रति ब्यक्ति ३५ हजार भाडा तिरेर यात्रा गर्ने गरेका छन । साना हेलिकप्टरको महगो भाडा बाहेक अन्य कुनै पनि बिकल्प छैन डोल्पाली जनाताका लागि यातायातले सबै सेवाबाट बञ्चित गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो