टेक शाही | भदौ ४, डोल्पा | यातायातको कुनै पनि माध्यायम नभए पछि डोल्पा जिल्लाबाट नेपाल पत्रकार महाँसघका केन्द्रीय प्रतिनिधिले अधिबेशनमा भाग लिन पाएनन । प्रति ब्यक्ति ३५ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक शाही | भदौ ४, डोल्पा | यातायातको कुनै पनि माध्यायम नभए पछि डोल्पा जिल्लाबाट नेपाल पत्रकार महाँसघका केन्द्रीय प्रतिनिधिले अधिबेशनमा भाग लिन पाएनन । प्रति ब्यक्ति ३५ "/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेलिकप्टर कुर्दा कुर्दै डोल्पाका पत्रकारहरुले महाँसघमा भोट हाल्न पाएनन्

४ भाद्र २०७४, आईतवार ०७:४८

टेक शाही | भदौ ४, डोल्पा | यातायातको कुनै पनि माध्यायम नभए पछि डोल्पा जिल्लाबाट नेपाल पत्रकार महाँसघका केन्द्रीय प्रतिनिधिले अधिबेशनमा भाग लिन पाएनन । प्रति ब्यक्ति ३५ हजार हेलिकप्टर भाडा तिरेर अधिबेशनमा जाने तयारिमा रहेका डोल्पामा पत्रकारहरु भोट हाल्न नपाउने भएको नेपाल पत्रकार महाँसघ डोल्पाका अध्यक्ष बबिकिशोर गूरुगले जानकारि दिए । 

नेपाल पत्रकार महाँसघ जिल्ला कार्य समितिका अध्यक्ष र ४ जना केन्द्रीय पार्शदले नेपाल पत्रकार महाँसघको २५ औँ अधिबेशनमा भोट हाल्नबाट बञ्चित भएका नेपाल पत्रकार महाँसघ जिल्ला शाखा डोल्पाले जानकारि दिएको छ । 

पैदल र हवाइ सेवा २ महिना देखि अबरुछ भए पछि केन्द्रीय प्रतिनिधिहरु अधिबेशनमा भाग लिनबाट बञ्चित भएका पत्रकार महाँसँघका उपाध्यक्ष कमल क्षेत्रिले बताए । उनले भने पैदल मार्ग जोखिम छ हवाइ मार्ग पनि २ महिना देखि बन्द छ राज्यको चौथो अँगलाइ नै आफनो अधिकारबाट बञ्चित गरायो सरकारले ।

महाँसघको अधिबेशनमा केन्द्रीय प्रतिनिधिले आफनो खर्चबाट जानु पर्ने यातायातको माध्यायम छैन ३५ हजारको महगो हेलिकप्टर भाडा तिर्न सकिदैन पत्रकारका पिडा कस्ले बुझि दिन्छ केन्द्रीय पार्शद जुन कुमारि हिराचनले दुखेसो पोखिन । उनि भन्छिन भन्दा चौथो अँग सेवा सुबिधा छैन दुर्गम र हिमाली जिल्ला भएको महसुस हुदैछ । 

केन्द्रीय कार्यालयका सबै पदाधिकारिले कुनै पनि अबस्थामा आउनको लागि आग्रह गरे पनि अधिबेशनमा भाग लिनको लागि कुनै पनि बिकल्प नभएकोे केन्द्रीय प्रतिनिधि इन्द्र बहादुर बोहोराले बताए । उनले भने कर्णाली र ६ नँ प्रदेशका क्ुनै पनि उम्मेद्धारलाइ आफनो अमुल्य मत दिन पाइएन । 

राज्यको चौथो अँगको पिडा राज्यले बुझेन लाग्छ डोल्पामा सरकारको उपस्थिति नै छैन अध्यक्ष बबिकिशोर गूरुगले भने । ३५ हजार भाडा तिरेर पनि हामी जान तयार छौ तर हेलिकप्टर पनि बिभिन्न कारण देखाउदै उडान नगरे पछि अधिबेशनमा सहभागि हुने आसा मरि सकेको अध्यक्ष गूरुग बताउछन । 

सञ्चार क्षेत्रमा थोरै मात्र पहुच भएको जिल्ला डोल्पा हो । जिल्लामा बिभिन्न साना र ठुला मिडियामा नियमित काम गर्ने एक दर्जन बराबर मात्र पत्रकारहरु रहेका छन । राष्ट्रिय दैनिक तथा रेडियो र टेलीभिजनमा काम गर्ने श्रमजिवी पत्रकारहरु भने आधा दर्जन पनि छैन । 

केहि दिन देखि देश भरका पत्रकारहरु राजधानिमा जम्मा भएर आ–आफनै पदाधिकारीको नाम र प्यानल घोषणा गरि सकेको अबस्थामा डोल्पाका पत्रकार बदलिदो आकाशमा हेलिकप्टरको बाटो हेर्दै बसि रहेका छन । 

यातायातको नाका बन्दीले डोल्पाका पत्रकारले आफनो अधिकारबाट बञ्चित हुन बाध्य बनायो जिल्ला शाखाका सहसचिव सरोज थापाले बताए । उनी भन्छन महाँसघको जिल्लामा स्थापना पस्चात केन्द्रीय सदस्य सम्म लड्ने खालको बतावरण बनाउन सकेको छैन सधै क्षेत्रगत रुपमा भोट हाल्ने प्रचलन थियो  यस पालि त त्यहि भोटै हाल्न पाउने भएन । 

पैदल मार्गमा नेपाली सेनाले बिष्पोट गराउदैछ सडक निर्माणको लागि । अर्को तिर भेरिको उच्च बहावले बाटो उच्च जोखिममा रहेको छ । जिल्लामा २ वटा बिमानस्थल भए पनि मसिनेचौर सञ्चालनमा छैन जुफला बिमानस्थल २ महिना देखि कालो पत्रेको लागि भन्दै बन्द गरिएको छ । घछ हजारको महगो हेलिकप्टरको भाडा तिरेर पनि यात्रा गर्न नपाए पछि डोल्पाका पत्रकारले २५ अधिबेशनमा सहभागि भइ मतदान गर्नबाट बञ्चित भएका हुन । 

डोल्पाबाट राजधानि सम्मको हेलीकप्टरबाट यात्राका लागि प्रति ब्यक्ति ३५ हजार भाडा तिरेर यात्रा गर्ने गरेका छन । साना हेलिकप्टरको महगो भाडा बाहेक अन्य कुनै पनि बिकल्प छैन डोल्पाली जनाताका लागि यातायातले सबै सेवाबाट बञ्चित गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य