८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले सरकारी सम्पति चोरी गरेको भन्दै सांसद गगन थापाको सदनमा आक्रोश

४ भाद्र २०७४, आईतवार ०८:२९

काठमाडौँ, ४ भदौ । निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नेकपा (एमाले) का निर्वाचित जनप्रतिनिधिसँग मिलेर कार्यालय समयपछि आफूखुशी काम गरेको भनिएको विषयले सदनमा प्रवेश पाएको छ । 

व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुखसँग समय लिएर सदन र सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सरकारी सम्पत्ति निजी व्यक्तिको घरमा लैजानु चोरी भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन् । बूढानीलकण्ठ नगरपालिकाका एमालेका निर्वाचित एक सदस्यका घरमा आयोगका कर्मचारीको मिलेमतोमा नामावली संकलन गरेको पाइएको र आयोगका ल्यापटपलगायत उपकरण प्रहरीले बरामद गरेको जानकारी थापाले सदनलाई गराएका थिए ।

त्यसबारे आयोगले दोषीमाथि कारबाही गर्न नसक्नु लाचारी भएको भन्दै थापाले आक्रोश पोखेका छन् । उनले निर्वाचनको पवित्रता र निष्पक्षतालाई हाँक दिनेलाई कारबाहीको माग समेत गरे ।  “एमालेले निर्वाचन आयोगले तोकेको समयभित्र कार्यालयमा भीड जम्मा गराउने अनि मध्यरात आफ्नो निवासमा कर्मचारीलाई लगेर मतदाता परिचयपत्र बनाउने काम गर्यो” थापाले भने ।

सांसद थापाले अपराधीलाई कारबाही र निर्वाचनको पवित्रतामा विश्वासको वातावरण बनाउनु पर्ने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता