भदौ ४, काठमाडौँ | ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि नेपाल पत्रकार महासंघको २५ औँ महाधि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ४, काठमाडौँ | ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि नेपाल पत्रकार महासंघको २५ औँ महाधि"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल पत्रकार महासंघको महाधिवेशन काठमाडौँमा सुरु

४ भाद्र २०७४, आईतवार १०:४९


भदौ ४, काठमाडौँ | ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन शुरु भएको छ । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले देशको समग्र परिवर्तनमा पत्रकारिता जगतले अमुल्य भूमिका खेलेको भन्दै अझै बढी योगदान गर्नुपर्ने जोड दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराए । 

देउवाले नेपालका मिडिया आर्थिक रुपमा कमजोर भएको भन्दै पत्रकारिताको दु:ख आफुले राम्ररी बुझेको बताए । 

उद्घाटन समारोहमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख योगश भट्टराई, नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत र नेकपा (माओवादी) का प्रवक्ता पम्फा भुसाल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा बिभिन्न शिर्षकका पत्रकारिता पुरष्कार समेत वितरण गरिएको छ ।

नेपाल पत्रकार महासंघको जारी महाधिवेशनले नयाँ कार्य समिति समेत चयन गर्नेछ । यस पटकदेखि दलित र मधेशी सचिव, सात प्रदेशसहित काठमाडौँ उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० प्रदेशमा नयाँ नेतृत्व चयन हुनेछन । त्यस्तै प्रत्येक प्रदेशबाट दुई केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । 

देशभरका करिव १० हजार पत्रकार आवद्ध रहेका महासंघको महाधिवेशनमा एक हजार ५ सय १५ प्रतिनिधिको सहभागिता रहनेछ । 

तश्विर: प्रकाश धौलाकोटी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता