काठमाडौँ । मधेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मन्त्री फेर्नुलाई नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका छन् । जनमतले दुई मन्त्री फेर्न लागेसँगै अध्यक्ष राउतले यस्तो प्रतिक्रिया दिएका हुन् ।
जनमतबाट उद्योग तथा पर्यटन मन्त्री रहेका सकिल मिया अन्सारी र वन मन्त्री रहेका त्रिभुवन साहलाई फिर्ता बोलाउने तयारी गरिएको छ ।
अन्सारीले सम्हालेका मन्त्रालयको जिम्मेवारी बसन्त कुशवाहालाई र साहले सम्हालेको मन्त्रालयको जिम्मेवारी संजय यादवलाई दिने निर्णय भएको जनमत पार्टीले जनाएको छ ।
जनमतका अध्यक्ष राउतले एक वर्ष पुगेकोले पार्टीको नियमित प्रक्रिया अनुरूप मन्त्रीहरू मधेश सरकारमा फेरिन लागेको बताएका छन्। उनले सचिवालय पेजमा लेखेका छन्, ‘सबैको पालो आउँछ, नआत्तिनुस् । नयाँ जिम्मेबारी पाउनु हुनेलाई राम्रो काम गर्न र जनताको सेवा गर्न शुभकामना ।’