२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम जिल्लामा करिब ११ हजार मतदाता थपिए

७ भाद्र २०७४, बुधबार १४:०२

टेकराज भण्डारी | भदौ ७, अछाम | अछाम जिल्लामा करिब ११ हजार मतदाता थपिएका छन् । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्येनजर गर्दै निर्वाचन आयोगले दिएको समय गत साउन १ गते देखि भदौ ३ गते सम्मको समयावधिमा अछाम जिल्लामा १० हजार ९ सय १४ जना मतदाता थपिएका छन् । जसमा ६ हजार १ सय ८३ महिला र ४ हजार ७ सय ३१ जना पुरुष रहेका छन् । जस अनुसार पुरुष भन्दा महिला १ हजार ५ सय ५२ जना बढीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । 

जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर एकेन्द्र बोगटीका अनुसार जिल्लाका ९ स्थानीय तह र सदरमुकाम मंगलसैन स्थित निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा फोटो सहितको मतदाता नामावलीमा नाम संकलन गरिएको थियो । जिल्लाका विभिन्न स्थानीय तहका केन्द्रमा गरिएको नाम संकलनमा सबैभन्दा बढी साँफेबगर नगरपालिकामा ६ सय ९३ महिला र ४ सय ७२ पुरुष गरी १ हजार एक सय ६५ रहेका छन् । यस्तै जिल्ला निर्वाचन कार्यालयमा १ हजार १ सय २७, पञ्चदेवल विनायक गाउँपालिकामा १ हजार ७१, चौरपाटी गाउँपालिकामा १ हजार १०, बान्नीगढी जयगढ गाउँपालिकामा ९ सय ५१ जना मतदाता थपिएका छन् । 

यसैगरी ढकारी गाउँपालिकामा ९ सय ३८, मेल्लेख गाउँपालिकामा ८ सय ४१, रामारोशन गाउँपालिकामा ६ सय ७६, कमलबजार नगरपालिकामा ६ सय २९ र तुर्माखाँद गाउँपालिकामा ५ सय ८० जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस अघि स्थानीय तहको निर्वाचनमा अछाम जिल्लामा १ लाख २७ जहार ७ सय ४२ जना मतदाता रहेका थिए । थपिएको संख्या संगै अब जिल्लामा १ लाख ३८ हजार ६ सय छपन्न मतदाता संख्या रहेको छ । यसमा बाहिर जिल्लाबाट नामावली भरेका मतदाताको संख्या केही थपघट हुन सक्ने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…