३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा नेता यज्ञमणिको सुझाव: नयाँ व्यक्तिलाई सभापति बनाएर अगाडि बढौं

११ जेष्ठ २०८२, शनिबार १३:३१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं अधिवक्ता यज्ञमणि न्यौपानेले पार्टी सभापतिलगायत रिक्त पदपूर्ति गर्न प्रस्ताव गरेका छन् ।

नेता न्यौपानेले सर्वोच्च अदालतको आदेश अनुसार अब पार्टी सभापति रवि लामिछाने अब केही समय बाहिर आउने सम्भावना नहरेको भन्दै उनले उनको ठाउँमा नयाँ व्यक्तिलाई सभापति बनाउन माग गरेका हुन् । मुख्य पदहरु रिक्त हुँदा पार्टीलाई अगाडि बढाउन नसकिने भन्दै उनले महाधिवेशनसम्मका लागि पद पूर्ति गर्न माग गरेका हुन् ।

पार्टीका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलाई सुझाव पत्र पठाउँदै उनले रिक्त रहेको महामन्त्री, सहमहामन्त्रीका साथै केन्द्रीय सदस्य पदहरुको पनि पूर्ति गर्न भनेका छन् । यसका साथै संसदीय दलको नेता चयन गर्ने, सम्पूर्ण विभाग तथा समितिलाई पूर्णता दिने, शुभेच्छुक संगठन सबै निकायमा अभिलम्ब निर्माण गर्ने र ती शुभेच्छुक संगठनहरु भातृ संगठनको रुपमा नरही स्वायत्त प्रकृतिका रहने, ०७९ सालमा प्रतिनिधिसभाको निर्वाचन लडेका उम्मेदवारहरूलाई प्राथमिकताका साथ उचित प्रतिनिधित्व गराउन पनि उनले माग गरेका छन् ।

न्यौपानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग गर्ने र त्यसका लागि सदन तथा सडकबाट संघर्ष सुरु गर्नु पर्ने विषय पनि उठाएका छन् । न्यौपाने रास्वपामा यसअघि अनुशासन आयोगका कार्यवाहक प्रमुख थिए । महाधिवेशन हुने भनेपछि महामन्त्रीमा आकांक्षी भएर उनले राजीनामा दिएका थिए ।

अहिले रास्वामा सभापति, महामन्त्री, सहमहामन्त्री पद रिक्त छन् । अहिले कार्यवाहकले चलाइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
९० वर्षीय वृद्धद्वारा श्रीमतीको हत्या, “आफू मरेपछि दु:ख नहोस् भनेर मारेँ” बयान आर्थिक सर्वेक्षण प्रस्तुत पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको छः मन्त्री पौडेल संवैधानिक परिषद् विधेयक पारित पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका विदेश भ्रमणबारे संसदीय समितिलाई जानकारी गराइयो बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छः ऊर्जामन्त्री खड्का कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने सरकार कृषि आधुनिकीकरणको प्रयासमा जुटिरहेको छः मन्त्री अधिकारी त्रिविमा अध्ययन बिदा रहेका १८७ शिक्षक/कर्मचारी बिदामै कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्नेछः सभापति देउवा बाढीपहिरोको समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण भारत र चीनले प्रत्यक्ष उडान पुनः सुरु गर्न ‘तीव्रता’ ल्याउने इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय रास्वपासँग मुलभुत विषयमा फरक छैन, रास्वपा आफ्नो ढंगले जान्छ: प्रचण्ड केयुको ३०औँ दीक्षान्तमा एक हजार १२९ दीक्षित प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ साइबर अपराध मुद्दामा दुई युट्युबर फरार तस्बिर प्रदर्शनीले पर्वतीय क्षेत्रमा परेको जलवायु सङ्कटलाई उजागर गर्छ: अध्यक्ष लम्साल ‘लोकतन्त्रका लागि सङ्घर्ष गरेका दलहरुबीच सहकार्यमा जोड’