2026-10-07 06:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेनसँग दीर्घकालीन शान्ति सम्झौताका लागि आवश्यक मस्यौदा तयार गर्दै रूस

काठमाडौँ ।  रूसी विदेशमन्त्री सेर्गेई लावरोभले मस्कोले युक्रेनसँग दीर्घकालीन शान्ति सम्झौताका लागि आवश्यक सर्तहरूको समावेश भएको दस्तावेजको मस्यौदा तयार गरिरहेको जानकारी दिएका छन् । उनका अनुसार यो मस्यौदा कैदीहरूको आदानप्रदान प्रक्रिया सम्पन्न भएपछि प्रस्तुत गरिनेछ ।

रूसी विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा विदेशमन्त्री लावरोभले रूस किभसँग तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धको शान्तिपूर्ण समाधानमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । उनले पछिल्लो समयमा युक्रेनले गरेको निरन्तर ड्रोन आक्रमणका कारण रूसको हवाई यातायात प्रभावित भएको पनि जनाए ।

लावरोभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा भएका शान्ति प्रयासहरूलाई युरोपेली मुलुकहरूले असफल बनाउन युक्रेनलाई उक्साएको आरोप लगाउँदै रूस सधैं वार्ताका लागि खुला रहेको र शान्तिपूर्ण समाधानमा पूर्ण रूपमा समर्पित रहेको बताए ।

हाल सम्झौताको दोस्रो चरणमा काम भइरहेको जानकारी दिँदै लावरोभले मस्यौदा विश्वसनीय र दीर्घकालीन शान्तिका लागि आवश्यक सर्तहरूको रूपरेखा भएको उल्लेख गरे । कैदीहरूको आदानप्रदान पूरा भएपछि रूसले मस्यौदा युक्रेनमा पठाई थप छलफलका लागि तयार रहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल