८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

शेखर कोइरालाले भने – कर्मचारीको साँठगाँठ तोड्न २ वर्ष कुलिङ पिरियड राखिन्छ, राजीनामा गरेर देखाऊ

११ जेष्ठ २०८२, शनिबार १६:१४

काठमाडौँ । नेपाली कांग्रेसका सांसद शेखर कोइरालाले कुलिङ पिरियड राख्नैपर्ने बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा नेता कोइरालाले दुई वर्षको कुलिङ पिरियड राख्नैपर्ने र त्यो राखिने बताएका हुन्। यसमा सचिवहरूले दबाब दिएर परिवर्तन नहुने कोइरालाको भनाइ छ।

‘दुई वर्ष कुलिङ पिरियड राख्नैपर्छ, राखिन्छ। उहाँहरूले प्रेसर दिएर राजीनामा गर्छु भन्नुभएको छ । राजीनामा गरेर देखाउनुपर्‍यो नि पहिले,’ उनले भने। त्यसकारण कुलिङ पिरियड के हुन्छ भन्ने विषयमा कसैले चिन्ता लिन जरूरी नरहेको कोइरालाले बताए। कुलिङ पिरियडको व्यवस्था नहुँदा चार दिन पहिले राजीनामा दिएर संवैधानिक निकायहरूमा नियुक्ति लिने प्रवृत्ति बढेको बताए।

‘कोही निवृत्त भएको भोलिपल्ट भइराख्नुभएको छ। २२/२३ सचिवहरू संवैधानिक परिषदमा हुनुहुन्छ। के देखाइरहेको छ यसले ?,’ उनले भने,’ यो सचिवहरूको पोस्ट रिटायरमेन्ट क्लबजस्तो देखियो।’ राज्य व्यवस्था समितिले संघीय निजामती सेवा विधेयकमा कुनै पनि कर्मचारी अवकाश भएको २ वर्षसम्म संवैधानिक र कूटनीतिक लगायतका नियुक्तिका लागि अयोग्य हुने व्यवस्था गरेको छ। जसलाई बोलीचालीको भाषामा ‘कुलिङ पिरियड’ भनिएको छ।

यो व्यवस्था लागू भए हाल सरकारमा भएका सचिवहरू रिटायर्ड भएको दुई वर्षसम्म संवैधानिक निकायमा नियुक्ति खान पाउने छैनन्। साथै उनीहरूलाई कूटनीतिक नियुक्ति र अन्य सरकारी नियुक्तिको ढोका बन्द हुनेछ।

राजनीतिज्ञ र कर्मचारीको साँठगाँठ तोड्न संसदीय समितिले गरेको निर्णयले आफूहरूलाई संवैधानिक नियुक्तिमा जान रोक्ने देखेपछि सरकारका सचिवहरू सरकारमाथि दबाबमा उत्रिएका छन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवालाई भेटेर कुलिङ पिरियडको प्रावधान हटाइदिन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र कसैले संसद् अवरोध गर्नु हुँदैन, सहमतिबाटै समस्याको हल गर्न सकिन्छ : उपभापति गुरुङ भरतपुर महानगरको बजेट सार्वजनिक : ५ अर्ब ४६ करोड बजेट इरानमाथि अमेरिकी आक्रमणप्रति अन्तराष्ट्रिय समुदायको प्रतिक्रिया, कूटनीतिक समाधानका लागि आग्रह मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने ‘संसद्मा नीतिगत भन्दा प्राविधिक बहस बढी’ सर्वोच्चको प्रस्तावित न्यायाधीश मेघराज पोखरेलविरुद्ध संसदीय समितिमा उजुरी दर्ता इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङगारपुर ६ विकेटले पराजित लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, मन्थलीको वडा नं. ६ र ७ जोड्ने निर्माणाधीन पुल दोस्रोपटक भत्कियो सांसदसँग रासस संवादः स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा राष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल जारी संसदबाट बाहिरियो राप्रपा, रास्वपाको वेल घेराउ जारी सांसद अमरेशको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसद्मा छलफल तातेको राष्ट्रपति कार्यालयसहित मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ अमेरिकी आक्रमणपछि महासचिव गुटेरेसको चिन्ता: “स्थिति गम्भीर, कूटनीति नै समाधान”