2026-10-07 06:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

लोडसेडिङ अन्त्यको लागि नेतृत्व बलियो हुनुपर्छ,जुन माथिल्लो निकायको दबाबमा नपरोस्: कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले देशमा लोडसेडिङ अन्त्यको अवस्थालाई निरन्तरता दिन प्राधिकरणको नेतृत्व बलियो हुनुपर्ने बताएका छन् ।

शनिबार (जेठ १०) भक्तपुरको नीलबाराही मन्दिर परिसरमा सरसफाइ कार्यक्रममा उनले जनता र राम्रो टिमका कारण लोडसेडिङ अन्त्य गर्न सफल भएको बताए । यसलाई निरन्तरता दिन नेतृत्वका साथै व्यवस्थापकीय पक्ष बलियो हुनुपर्ने उनले उल्लेख गरे ।

हावाहुरीलगायत कारणबाहेक बत्ती आउने–जाने समस्यलाई प्राधिकरणले गम्भीर रूपमा लिँदै उचित व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए । उनले प्राधिकरणको वर्तमान नयाँ नेतृत्वले सही मान्छे व्यवस्थापन गर्दै उनीहरूको मनोबल उच्च राखेर काम गरे २४ घण्टा नै बत्ती नजाने गर्न सकिने बताए ।

“विद्युत् क्षेत्रमा लागेका साथीहरूले धेरै काम गर्नुपर्छ । लिडरसिप स्ट्रङ हुनुपर्छ । कुनै पनि माथिल्लो निकायबाट दिएको दबाबलाई त्यो किसिमले नलिएर अघि बढ्नुपर्छ,” उनले भने ।

उनले आफूले हालसम्म गरेका कामको अनुभवका आधारमा जनतामा समर्पित भएर लाग्ने सुनाए । धेरै क्षेत्रमा रहेको अँध्यारोलाई उज्यालोमा परिणत गर्ने दायित्व सबैको भएको भन्दै उनले आफू पनि त्यसनिम्ति क्रियाशील हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल