2026-10-07 04:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको विलयको खतराबीच राजा चार्ल्सले क्यानाडाको संसद्मा मार्क कार्नीको प्राथमिकताहरूको रूपरेखा दिने

राजा चार्ल्स तृतीयले मङ्गलबार क्यानाडाको संसद्मा नयाँ प्रधानमन्त्री मार्क कार्नीको सरकारका प्राथमिकताहरूको रूपरेखा प्रस्तुत गर्नुहुनेछ । यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विलय धम्कीहरूका सामना गर्ने समर्थनका रूपमा व्यापक रूपमा हेरिएको छ ।
अमेरिकाले क्यानाडालाई विलय गर्ने ट्रम्पको बारम्बार सुझावले प्रधानमन्त्री कार्नीलाई चार्ल्सलाई सिंहासनबाट भाषण दिन आमन्त्रणा गर्न प्रेरित गर्‍यो । राजा क्यानाडाको राष्ट्र प्रमुख हुनुहुन्छ । क्यानाडा पूर्व उपनिवेशहरूको ब्रिटिश राष्ट्रमण्डलको सदस्य हो ।
कार्नीले एक वक्तव्यमा यो भ्रमणले ‘हाम्रो संवैधानिक राजतन्त्र र हाम्रो विशिष्ट पहिचानको जीवन्तता’ को कुरा गरेको बताउनुभयो ।
क्यानाडामा राजाले सिंहासनबाट भाषण दिनु दुर्लभ छ । चार्ल्सकी आमा रानी एलिजाबेथ द्वितीयले आफ्नो ७० वर्षको शासनकालमा दुई पटक मात्र यस्तो गर्नुभएको थियो र उहाँले अन्तिम पटक सन् १९७७ मा भाषण गर्नुभएको थियो ।
यो भाषण राजा वा उहाँका बेलायती सल्लाहकारहरूले लेखेका छैनन् किनकि चार्ल्सले निष्पक्ष राष्ट्र प्रमुखका रूपमा सेवा गर्नुहुन्छ । उहाँले क्यानाडा सरकारले उहाँको अगाडि राखेको कुरा पढ्नु हुनेछ ।
नयाँ प्रधानमन्त्री एवं बैंक अफ इङ्गल्यान्डका पूर्व प्रमुख कार्नी तथा क्यानाडामा राजाकी प्रतिनिधि एवं क्यानाडाकी पहिलो आदिवासी गभर्नर जनरल मेरी साइमनले सोमबार राजासँग भेट गर्नुभयो ।
क्यानाडालीहरू राजतन्त्रप्रति धेरै उदासीन छन्, तर कार्नी क्यानाडा र संयुक्त राज्य अमेरिकाबीचको भिन्नता देखाउन उत्सुक हुनुहुन्छ । राजाको भ्रमणले स्पष्ट रूपमा क्यानाडाको सार्वभौमसत्तालाई जोड दिने उहाँले बताउनुभयो ।
कार्नीले ट्रम्पले देखाएको बढ्दो आक्रामकताको सामना गर्ने वाचा गरेर प्रधानमन्त्रीको पद जित्नुभएको थियो ।
क्यानाडाका नयाँ अमेरिकी राजदूत पिट होएकस्ट्राले अमेरिकालाई सन्देश पठाउनु आवश्यक नभएको र क्यानाडालीहरूले ५१औँ राज्यको कुराकानीबाट अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले क्यानाडाली प्रसारण निगमलाई यदि कुनै सन्देश पठाउनुपर्छ भने उहाँलाई कल गर्ने वा राष्ट्रपतिलाई कल गर्ने जस्ता सजिलो तरिकाहरू रहेको बताउनुभयो ।
घोडसवार गाडीले राजा र रानीलाई भाषणका लागि क्यानडाको सिनेट भवनमा लैजानेछ । यसमा २८ वटा घोडा हुनेछन्–१४ वटा अघि र १४ वटा पछि । राजाले आफ्नो भाषणका लागि च्याम्बरमा प्रवेश गर्नुअघि रोयल क्यानेडियन रेजिमेन्टको तेस्रो बटालियनबाट एक सय जनाको गार्ड अफ अनरबाट रोयल सेल्युट प्राप्त गर्नुहुनेछ ।
भाषण र क्यानाडाको राष्ट्रिय युद्ध स्मारकको भ्रमणपछि राजा बेलायत फर्कनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए