2026-10-02 09:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल

काठमाडौँ । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता, २०८२’ मा छलफल सुरु भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले यही जेठ ११ गते  पेस गर्नुभएको सिद्धान्तमा आर्थिक आधारको सबलीकरण र आर्थिक वृद्धि, दिगो विकास, सङ्घीयता कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह तथा सुशासन, सार्वजनिक वित्त एवं वित्तीय अनुशासन, सामाजिक विकास, न्याय, मानव अधिकार, ग्रामीण विकासलाई महत्वका साथ समावेश गरिएको छ ।
यसैगरी, जनमुखी सेवा प्रवाह र सुशासन, कानुनी शासन, शान्तिसुरक्षा, भौतिक पूर्वाधार, कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण, खानेपानी , सिँचाइ तथा ऊर्जा, पर्यटन क्षेत्रको विकास, शिक्षा, खेलकुद, संस्कृति, रोजगारी र समावेशिता, स्वास्थ्य सेवा, औद्योगिक विकास र निजी क्षेत्रको प्रवद्र्धन, यातायात क्षेत्रको व्यवस्थापन, वन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सहकारीको अनुगमन र नियमन तथा सार्वजनिक वित्तीय व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।
छलफलमा प्रदेशसभा सदस्य गोम्बु शेर्पा, सपना दर्जी, गणेशप्रसाद उप्रेती, कमला दर्नाल, चिलचन पाठक, रमेशकुमार बस्नेत, किशोरचन्द्र दुलाल र डोल्मा तामाङले भाग लिनुभएको थियो ।
न्यसअघि शून्य समय शून्य समयमा गीतादेवी रेग्मी, हिमाल कार्की, गोविन्द गिरी र विनोद राईले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको  थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता