2026-10-22 04:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल

काठमाडौँ । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता, २०८२’ मा छलफल सुरु भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले यही जेठ ११ गते  पेस गर्नुभएको सिद्धान्तमा आर्थिक आधारको सबलीकरण र आर्थिक वृद्धि, दिगो विकास, सङ्घीयता कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह तथा सुशासन, सार्वजनिक वित्त एवं वित्तीय अनुशासन, सामाजिक विकास, न्याय, मानव अधिकार, ग्रामीण विकासलाई महत्वका साथ समावेश गरिएको छ ।
यसैगरी, जनमुखी सेवा प्रवाह र सुशासन, कानुनी शासन, शान्तिसुरक्षा, भौतिक पूर्वाधार, कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण, खानेपानी , सिँचाइ तथा ऊर्जा, पर्यटन क्षेत्रको विकास, शिक्षा, खेलकुद, संस्कृति, रोजगारी र समावेशिता, स्वास्थ्य सेवा, औद्योगिक विकास र निजी क्षेत्रको प्रवद्र्धन, यातायात क्षेत्रको व्यवस्थापन, वन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सहकारीको अनुगमन र नियमन तथा सार्वजनिक वित्तीय व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।
छलफलमा प्रदेशसभा सदस्य गोम्बु शेर्पा, सपना दर्जी, गणेशप्रसाद उप्रेती, कमला दर्नाल, चिलचन पाठक, रमेशकुमार बस्नेत, किशोरचन्द्र दुलाल र डोल्मा तामाङले भाग लिनुभएको थियो ।
न्यसअघि शून्य समय शून्य समयमा गीतादेवी रेग्मी, हिमाल कार्की, गोविन्द गिरी र विनोद राईले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको  थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ