भदौ ९,पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कास्की र लमजुङ जिल्लाको सिमानाको विकासका लागि साझेदारीको आवश्यकता रहेको बताउनुभएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ९,पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कास्की र लमजुङ जिल्लाको सिमानाको विकासका लागि साझेदारीको आवश्यकता रहेको बताउनुभएको छ ।&nb"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्की र लमजुङको विकासमा साझेदारीको आवश्यकता : मन्त्री थापा

९ भाद्र २०७४, शुक्रबार ०५:२०

भदौ ९,पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कास्की र लमजुङ जिल्लाको सिमानाको विकासका लागि साझेदारीको आवश्यकता रहेको बताउनुभएको छ । 

कास्कीसँग सीमा जोडिएको लमजुङको मध्यनेपाल नगरपालिकामा बिहीबार आयोजित जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा उहाँले सिमाना जोडिएका जिल्लाको विकास एकआपसको साझेदारीले मात्र सम्भव हुने बताउनुभयो । 

आसन्न संघीय तथा प्रादेशिक निर्वाचनका लागि क्रियाशील बन्नुपर्ने आजको आवश्यकता भएको बताउँदै उहाँले स्थानीय शासन विधेयक यथाशीघ्र पारित हुने विश्वास व्यक्त गर्नुभयो । बेगनास–भोर्लेटार सडक र सिक्लेस–सिसाघाट (मादी कोरिडोर)लाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको हुँदा निकट भविष्यमा दुवै योजना सम्पन्न हुनेमा मन्त्री थापा विश्वस्त हुनुहुन्थ्यो । 

कार्यक्रममा मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डे र उपप्रमुख रामकुमार श्रेष्ठले नगरपालिकाको गतिविधिबारे जानकारी गराउनुभएको थियो । 

मन्त्री थापाले बिहीबार नै नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका–३१ का कार्यकर्तासँगको भेटघाटमा जनभावना बुझेर काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । कास्की जिल्लाको रुपा गाउँपालिकाको थुम्कीमा बुधबार निधन भएका समाजसेवी एवं राजनीतिज्ञ थमन सिं गुरुङको परिवारलाई भेटी उहाँले समवेदना प्रकट गर्नुभएको थियो । 

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले गुरुङको सपना साकार पार्न कार्यकर्ता संगठित भएर लाग्नुपर्ने बताउनुभयो । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता