2026-10-07 04:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् पाँच निर्णय

काठमाडौँ । कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद् बैठक भएका पाँच निर्णय सार्वजनिक गरेको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं विनोदकुमार शाहले आज पत्रकार सम्मेलन मार्फत निर्णय सार्वजनिक गर्नुभएको हो । बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा गैरसरकारी संस्थाको अभिलेख र व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक एवं आमसञ्चार तथा सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ लाई प्रशासन तथा विधेयक समितिमा पठाउने निर्णय गरिएको प्रवक्ता शाहले जानकारी दिनुभयो ।

त्यसैगरी, उक्त बैठकले मनसुनजन्य विपद् प्रभावित नीजि आवास पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०७७, आगलागीजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना अनुदान वितरण कार्यविधि, २०७८ बमोजिम कर्णाली प्रदेश सरकारको ३० प्रतिशत लागत साझेदारीको रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रस्तावमा उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम ( को प्रदेशस्तरीय कार्यक्रम व्यवस्थापन कार्यालय सुर्खेत, कर्णाली करिडोरअन्तर्गत जुम्ला र भेरी करिडोरअन्तरगत जाजरकोट जिल्लामा करिडोर कार्यालयको स्थापना र सो कार्यालयहरुको आव २०८१÷८२ को लागि तयार गरिएको अस्थायी सङ्गठन संरचना र दरबन्दी’ स्वीकृत प्रदान गर्ने निर्णय गरेको प्रवक्ता शाहको भनाइ छ ।

उहाँका अनुसार सामाजिक विकास मन्त्रालयअन्तर्गत कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ प्रशासन तथा विधेयक समितिबाट प्राप्त परिमार्जनसहितको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए