2026-09-14 04:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारले सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच विस्तार गर्ने

काठमाडौँ ।  सरकारले सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच कामय गर्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै भन्नुभयो, “प्रेस स्वतन्त्रताको प्रवर्द्धन गरी पारदर्शीता र जवाफदेहितामा अभिवृद्धि गरिनेछ, नागरिकको वैयक्तिक स्वतन्त्रता र गोपनियताको हकको रक्षा गरिने छ ।”
सरकारले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा विकसित नविनम प्रविधिको खोज, अनुसन्धान र विकास तथा प्रवर्द्धनमा जोड दिने भएको छ । अर्थमन्त्री पौडेलले भन्नुभयो, “डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जमा गरिने छ, डिजिटल साक्षारताका विशेष कार्यक्रम सञ्चालन गरिने छ, डिजिटल प्रविधिको निर्माण र इकोसिस्टम विकास गर्न रु ७४ करोड बजेट विनियोजन गरेको छु ।”
सरकारले डाटा सेन्टर निर्माण र सञ्चालन, पूर्वाधार विकास गर्न निजी क्षेत्रसँग साझेदार गर्ने भएको छ । काठमाडौँमा सूचना प्रविधि पार्क निर्माण गर्ने सरकारको योजना छ ।
अर्थमन्त्री पौडेलले सूचना प्रविधिको क्षेत्रमा वैदेशिक लगानी आकर्षण गर्न मध्यपहाडी क्षेत्रमा डाटा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गर्ने बताउनुभयो । डाटा सेन्टर स्थापनाका लागि स्वदेशी तथा विदेशी कम्पनीलाई जग्गा, विद्युत् र सुरक्षा उपलब्ध गराउने बजेटमा उल्लेख छ । सरकारले एकीकृत डाटा व्यवस्थापन केन्द्रको स्तरोन्नति पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ