2026-10-07 02:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

शेखरको टिप्पणी : लोकतान्त्रिक गणतन्त्रको आचरण अभावले युवामा नैराश्य बढ्यो

काठमाडौँ । गणतन्त्र दिवसकै दिन राजावादीभन्दा एमालेको प्रदर्शन कमजोर देखिएको प्रसंग उठाउँदै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतान्त्रिक गणतन्त्रको आचरण अभावले युवामा नैराश्य बढेको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘राजावादीको जुलुस एमालेको भन्दा ठूलो हुनुको कारण हाम्रो आचरण लोकतान्त्रिक गणतन्त्र अनुकूल छैन । युवाहरू निराश छन्, उनीहरूले बाटो खोजिरहेका छन् ।’

उनका अनुसार युवाहरूले चारजना नेताबीचको ‘म्युजिकल चियर’ मात्र देखिरहेका छन् । ‘हामीले असल काम गरेर उनीहरूको मन जित्न सक्नुपर्छ,’ कोइरालाले भने ।

कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति विवादास्पद भएको भन्दै आलोचना गरे । उनले पदाधिकारी बैठकमा त्यस विषयमा छलफल हुने अपेक्षा गरे पनि आफैंमाथि चर्चा भएकोमा आपत्ति जनाए । ‘मलाई हाँसो लाग्यो । राजनीतिमा सहनशीलता चाहिन्छ,’ कोइरालाले भने ।

उनले गणतन्त्रको मूल्य, मान्यता, संस्कारका लागि फेरि लड्नुपर्ने समय आएको पनि बताए । ‘सही गर्न सक्दैनौँ भने चुप लागेर बसौँ । तर, गलत नगरौँ,’ कोइरालाले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै