८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

शेखरको टिप्पणी : लोकतान्त्रिक गणतन्त्रको आचरण अभावले युवामा नैराश्य बढ्यो

१७ जेष्ठ २०८२, शुक्रबार १७:५८

काठमाडौँ । गणतन्त्र दिवसकै दिन राजावादीभन्दा एमालेको प्रदर्शन कमजोर देखिएको प्रसंग उठाउँदै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतान्त्रिक गणतन्त्रको आचरण अभावले युवामा नैराश्य बढेको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘राजावादीको जुलुस एमालेको भन्दा ठूलो हुनुको कारण हाम्रो आचरण लोकतान्त्रिक गणतन्त्र अनुकूल छैन । युवाहरू निराश छन्, उनीहरूले बाटो खोजिरहेका छन् ।’

उनका अनुसार युवाहरूले चारजना नेताबीचको ‘म्युजिकल चियर’ मात्र देखिरहेका छन् । ‘हामीले असल काम गरेर उनीहरूको मन जित्न सक्नुपर्छ,’ कोइरालाले भने ।

कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति विवादास्पद भएको भन्दै आलोचना गरे । उनले पदाधिकारी बैठकमा त्यस विषयमा छलफल हुने अपेक्षा गरे पनि आफैंमाथि चर्चा भएकोमा आपत्ति जनाए । ‘मलाई हाँसो लाग्यो । राजनीतिमा सहनशीलता चाहिन्छ,’ कोइरालाले भने ।

उनले गणतन्त्रको मूल्य, मान्यता, संस्कारका लागि फेरि लड्नुपर्ने समय आएको पनि बताए । ‘सही गर्न सक्दैनौँ भने चुप लागेर बसौँ । तर, गलत नगरौँ,’ कोइरालाले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र कसैले संसद् अवरोध गर्नु हुँदैन, सहमतिबाटै समस्याको हल गर्न सकिन्छ : उपभापति गुरुङ भरतपुर महानगरको बजेट सार्वजनिक : ५ अर्ब ४६ करोड बजेट इरानमाथि अमेरिकी आक्रमणप्रति अन्तराष्ट्रिय समुदायको प्रतिक्रिया, कूटनीतिक समाधानका लागि आग्रह मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने ‘संसद्मा नीतिगत भन्दा प्राविधिक बहस बढी’ सर्वोच्चको प्रस्तावित न्यायाधीश मेघराज पोखरेलविरुद्ध संसदीय समितिमा उजुरी दर्ता इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङगारपुर ६ विकेटले पराजित लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, मन्थलीको वडा नं. ६ र ७ जोड्ने निर्माणाधीन पुल दोस्रोपटक भत्कियो सांसदसँग रासस संवादः स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा राष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल जारी संसदबाट बाहिरियो राप्रपा, रास्वपाको वेल घेराउ जारी सांसद अमरेशको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसद्मा छलफल तातेको राष्ट्रपति कार्यालयसहित मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ अमेरिकी आक्रमणपछि महासचिव गुटेरेसको चिन्ता: “स्थिति गम्भीर, कूटनीति नै समाधान” इजरायल र अमेरिकाको संयुक्त कदम, अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण अमेरिकी आक्रमणले इरानका आणविक स्थलहरू ‘पूर्ण रूपमा ध्वस्त’ : ट्रम्प उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक हुँदै