काठमाडौँ | राप्रपा नेपालका अध्यक्ष कमल थापा आइतबार राजधानीको नारायण चौरमा आयोजित प्रदर्शनका क्रममा प्रहरीले पक्राउ गरेको छ। राजावादी समूहद्वारा आयोजना गरिएको सो प्रदर्शनमा सहभागी भएका क्रममा थापा पक्राउ परेका हुन्।
नारायण चौरबाट बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले हस्तक्षेप गरी थापासहित अन्य केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो।
राजसंस्थाको पुनःस्थापनालगायत माग राख्दै राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन्।