२ असार २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आत्मबलले नै क्यान्सरलाई पराजित गर्न सकिन्छ : मिरा राणा

१९ जेष्ठ २०८२, आईतवार २२:१३

काठमाडौँ । वरिष्ठ गायिका मिरा राणाले आत्मबलले नै आफूले क्यान्सर रोगलाई पराजित गरेको बताउनुभएको छ । नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले ३८औँ क्यान्सर सर्भाइभर्स दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आत्मबलले नै क्यान्सर जित्न सकिने बताउनुभएको हो । आफूलाई पाँच वर्षअगाडि क्यान्सर भएको र हाल निको भएको उहाँले सुनाउनुभयो ।

वरिष्ठ गायिका राणाले क्यान्सर भएकाहरू आत्तिन नहुनेमा जोड दिनुभयो । “क्यान्सर भएकाहरू घरमा बसेर आफूलाई यस्तो भयो, उस्तो भयो भनेर सोचेर बस्न हुँदैन । घरभन्दा बाहिर निस्किनुस् । साथीभाइसँग काम गर्नुस् । यसले नै फाइदा हुन्छ”, उहाँले भन्नुभयो ।

गायिका राणा ३० वर्ष उमेर पुगेका महिलाले क्यान्सरको नियमित परीक्षण गर्नुपर्ने सुझाव दिनुभयो । आफूलाई क्यान्सर भए पनि निको भएर गीत गाउँदै र सबैलाई नचाउँदै आएको उहाँले सुनाउनुभयो ।

कार्यक्रममा आफ्ना अनुभव सुनाउँदै गीता रानाभाटले आफ्नी छोरीले तीनवटा क्यान्सर  जितेको बताउनुभयो । आफ्नो छोरीलाई घाँटी, मुख र पाठेघरको क्यान्सर भए पनि आत्मबलले जितेको उहाँको भनाइ छ । कक्षा १ मा पढदा आफ्नो छोरीलाई क्यान्सर भएकामा निको भएर हाल इन्जिनियरिङ सातौँ सेमेष्टरमा अध्ययन गरिरहेको रानाभाटले सुभाउनुभयो । “दिनमा ३० पटकसम्म रगत ‘भमिट’ गरिन्  । चिकित्सकले पनि तेरो छोरी बाँच्दिनन् भन्थ्ये,” उहाँले भन्नुभयो, “तर छोरीले हिम्मत हारिनन्, मैले नि हारिन । आत्मबल र समयमा उपचारपछि निको हुँदै भयो । यसर्थ क्यान्सरबाट मरिँदैन । आत्मबल बलियो भए क्यान्सरलाई जितिन्छ ।”

रानाभाटले आफ्नो छोरीलाई  नौ पटक घाँटीको क्यान्सर भएको र हाल बढेर मुखमा संक्रमण भएकाले त्यसलाई ब्रेनमा नपुग्न नदिन महिनामा दुईपटक उपचार गर्ने गरिएको बताउनुभयो । छोरीमा भएको पाठेघरको क्यान्सर भने नियन्त्रणमा आएको उहाँले उल्लेख गर्नुभयो ।

त्यस अवसरमा क्यान्सर विजेता तथा वरिष्ठ गायिका राणा र क्यान्सर विजेता साइकलयात्री नमिता बस्नेतलाई सम्मान गरिएको थियो ।

सन् १९८७ नोभेम्बर २० का दिन न्यू मेक्सिकोमा भएको क्यान्सर सर्भाइभर्सहरूको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको निर्णयअनुसार ५ जुन १९८८ देखि दिवस मनाउन थालिएको हो ।

क्यान्सर सर्भाइभर्सलार्ई आयमूलक कार्यक्रमहरू सञ्चालन गर्ने, सर्भाइभर्स तथा तिनका परिवारलाई मनोसामाजिक परामर्श दिने, स्वास्थ्य शिविर आयोजना गर्ने र सर्भाइभर्सको सर्वसुलभ तथा निःशुल्क उपचार गरिरहेको सोसाइटीकी कोषाध्यक्ष विनु केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रुसबाट थप एक हजार २०० व्यक्तिको मृत शरिर प्राप्त गरेको युक्रेनद्वारा जानकारी गण्डकीको बजेट : लाइसेन्स छपाइ प्रदेशमै, राइड सेयरिङ नियमनमा जोड इजरायल–इरान द्वन्द्व : पछिल्लो घटनाक्रम टिकटकमार्फत भ्रम फैलाउने युवती पक्राउ वरुणकान्तको ‘प्रकृतिको मन’को लोकार्पण भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु सालघारीको फडानी र चोरी नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन उखु उत्पादक किसानलाई रु १ अर्ब ६० करोड अनुदान उपलब्ध गराउन माग प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी बजेट पारित गर्न मधेस प्रदेश मन्त्रिपरिषद्को बैठक उच्च अदालत पाटनको आदेश: युनुश अन्सारीलाई थुनामा राख्नुको कारण पेश गर्न माग सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस एघार महिनामा ४० प्रतिशत विकास खर्च नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार कर्णालीको बजेटमा माओवादीको असहमति, प्रदेशसभा बैठक अन्योलमा बजेट सन्तुलित छ : अर्थमन्त्री पौडेलको दाबी औषधि नीति सुझाव समितिको प्रतिवेदनप्रति फार्मेसी सङ्घको समर्थन उत्पादन समूहको सेयर उकालो, कारोबार रकम भने घट्यो ‘राजस्व चुहावट नियन्त्रण गरी लक्ष्यअनुरुप राजस्व उठाउनुपर्छ’ विरोधकाबीच संसद् सञ्चालन नगर्न सांसदद्वारा सभामुखसमक्ष आग्रह