५ असार २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

डल्लुमा सामुदायिक अस्पताल निर्माण

२१ जेष्ठ २०८२, मंगलवार १४:०२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा डल्लुस्थित सामुदायिक सेवा परिषद््को परिसरमा रु चार करोड ३३ लाखको लागतमा अस्पताल निर्माण गरिएको छ ।
भूकम्प प्रतिरोधात्मक पाँच तल्ले भवन निमार्ण गरिएको हो । त्यसमा शल्यक्रिया कक्ष, बिरामी भर्ना कक्षसहितको ३० शय्या छन् । राष्ट्रिय तथा अन्तरराष्ट्रिय दातृ निकाय, सङ्घ संस्थाबाट जाँच परीक्षण, शल्यक्रियासम्बन्धी सामान, अस्पताललाई आवश्यक पर्ने अन्य महङ्गा स्वास्थ्य सामग्री प्राप्त भएका छन् ।
काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले सामुदायिक अस्पतालको अवधारणामा निर्माण गरिएको भवनबाट प्रवाह हुने स्वास्थ्य सेवा सर्वसुलभ हुने बताउनुभयो । महानगरवासीलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन प्रत्येक वडामा यस्तो अस्पताल सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
अस्पताल सञ्चालनका लागि महानगरपालिकाले स्वीकृति दिन सक्ने व्यवस्था रहेकाले नव निर्मित भवनबाट अब छिट्टै अस्पतालको सेवा सञ्चालन हुने छ । करिब साढे दुई रोपनी क्षेत्रफल रहेको सो ठाउँमा परिषद््ले भवन निमार्ण गरिए पछि अस्पताल सञ्चालनको तयारी सुरु गरेको छ ।
करिब तीन दशकदेखि ओपिडी सेवा सञ्चालन गरेको परिषद््ले सुपथ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी नमूना अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ । परिषद्ले सामाजिक सुरक्षा प्राप्त ज्येष्ठ नागरिक, सिमान्तकृत तथा हिंसामा परेका नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । नवनिर्मित भवन हालै समुदायलाई हस्तान्तरणसमेत गरिएको छ । हाल यहाँ २७ चिकित्सक कार्यरत छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफताब आलमलाई इँटाभट्टा हत्याकाण्डमा सफाइ दिने न्यायाधीशहरूमाथि छानबिन अफताब आलमलाई सफाइ दिने न्यायाधीश सर्वोच्च तानिए उत्तर कोरियाद्वारा इरानमाथि इजरायली आक्रमणको निन्दा सांसद मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत उजुरी, दर्ता प्रक्रिया बाँकी दक्षिण–पश्चिम भारतमा सडक दुर्घटना, ९ जनाको मृत्यु इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन अस्ट्रेलियाको जनसङ्ख्या वृद्धि ३ वर्षकै न्यून सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा जेनेभामा शुक्रबार आणविक वार्ताका लागि इरानलाई भेट्ने युरोपेली विदेशमन्त्रीहरूको लक्ष्य अदालतले माग्यो नेपाल खबरलाई समाचार नहटाउनुको कारण आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह कारोबार रकम वृद्धि हुँदा, दोहोरो अंकले घट्यो नेप्से परिसूचक आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार संयोजकलाई पुनः पुरानै जिम्मेवारी भारतको गुजरातमा दुर्घटनाग्रस्त ‘एयर इन्डिया विमान’ दुर्घटनाको कारण प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस इजरायल र इरानबीचको युद्धमा नेपालीको सुरक्षा र उद्धारप्रति सरकारको ध्यानार्कषण धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु जेनेभामा शुक्रबार आणविक वार्ताका लागि इरानलाई भेट्ने युरोपेली विदेशमन्त्रीहरूको लक्ष्य ‘सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन सक्दैन’ सरकारको प्रतिनिधित्व नभएपछि ‘रुलिङ; गर्न सांसदको माग