१० असार २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

वरिष्ठ युक्रेनी अधिकारीहरू वार्ताका लागि वासिङ्टनमा

२१ जेष्ठ २०८२, मंगलवार १६:२७
रुस–युक्रेन शान्ति वार्ताको पछिल्लो चरणको एक दिनपछि रक्षा र आर्थिक मामिलामा अमेरिकी अधिकारीहरूसँग वार्ताका लागि युक्रेनी शीर्ष अधिकारीहरूको प्रतिनिधिमण्डल मङ्गलबार वासिङ्टन आइपुगेको छ ।
इस्तानबुलमा सोमबार रुससँग भएको प्रत्यक्ष वार्ताको दोस्रो चरण कुनै सफलता बिना समाप्त भएपछि किएभको प्रतिनिधिमण्डलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीसँग भेट गर्नेछ ।
संयुक्त राज्य अमेरिकाले छिमेकी देशबीच तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्ने प्रयासमा निकै कम प्रगति भएकाले ट्रम्प किएभ र मस्कोसँग निराश हुनुभएको छ ।
“हामी रक्षा सहयोग र युद्धको स्थिति, रुस विरुद्धको प्रतिबन्धलाई बलियो बनाउने बारेमा कुरा गर्ने योजना बनाउँछौँ”, राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका शीर्ष सहयोगी एन्ड्री यर्माकले सामाजिक सञ्जालमा भन्नुभयो ।
प्रतिनिधिमण्डलको नेतृत्व युक्रेनकी अर्थमन्त्री युलिया स्विरिडेन्कोले गर्ने र यसमा रक्षा अधिकारीहरू पनि समावेश रहेको यर्माकले जानकारी दिनुभयो ।
उहाँले युक्रेनीहरूले रिपब्लिकन र डेमोक्रेट अधिकारीहरूका साथै ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोली’ सँग भेट गर्ने बताउनुभयो ।
प्रतिनिधिमण्डलले ‘रुसद्वारा निर्वासित युक्रेनी बालबालिकाहरूको फिर्ती’ को विषयमा पनि छलफल गर्ने यर्माकले बताउनुभयो ।
सोमबारको वार्ताका क्रममा किएभले रुसलाई सयौँ युक्रेनी बालबालिकाको सूची दिएको बताएको छ । युक्रेनले ती बालबालिकालाई रुसले आफ्नो आक्रमणका क्रममा जबरजस्ती लगेको बताएको छ ।
जनवरीमा ह्वाइट हाउस फर्केपछि युक्रेनमा युद्ध द्रुत रूपमा अन्त्य गर्ने वाचा गर्नुभएका ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जेलेन्स्की दुवैमाथि बारम्बार आक्रोश व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी भिजिट भिसा प्रकरणबारे सरकारले बनाएको छानबिन समितिमाथि रास्वपाको सदनमै धारणा राख्ने तयारी सुनको मूल्य घट्यो पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता : नेपालद्वारा जापान ८० रनमा अलआउट सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता कानुन बाहिर गएर दलीय प्रभाव पर्ने गरी न्यायाधीश नियुक्त भएको छैनः मन्त्री चौरसिया सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याइनेः मन्त्री पौडेल आफताब आलमलाई सफाइ दिने न्यायाधीशहरूको ‘कल डिटेल रेकर्ड’ मगाएर छानबिन गर्न माग युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री रुपन्देहीमा चट्याङ लागेर महिलाको मृत्यु ‘कुलिङ पिरियड’ विवादका कारण निजामती कर्मचारी विधेयक रोकिएको होइनः मन्त्री गुप्ता चलचित्र विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत