2026-10-07 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

टर्कीएमा विपक्षी दलका पाँच जना नगरप्रमुख पक्राउ

काठमाडौँ । टर्कीएको प्रहरीले बुधबार बिहान पाँच विपक्षी नगरप्रमुखसहित १७ जनालाई पक्राउ गरेको छ । विपक्षी दल सीएचपीको नियन्त्रणमा रहेका नगरपालिकाहरूमा भ्रष्टाचारको आरोपको अनुसन्धानको क्रममा उहाँहरूलाई पक्राउ गरिएको हो ।

इस्तानबुलका एक पूर्व सांसद र तीन जना सीएचपी मेयर तथा दक्षिणी प्रान्त अदानामा थप दुई जनालाई लक्षित गरी पक्राउ गरिएको प्रहरी प्रवक्ताले बताएका छन् ।

राष्ट्रपति रेसेप तैयप एर्दोगानका प्रमुख राजनीतिक प्रतिद्वन्द्वी इस्तानबुलका मेयर एकरेम इमामोग्लुसहित जेलमा रहेका सीएचपीका मेयरको संख्या नौ पुगेको छ ।

इस्तानबुलमा केन्द्रित चार वटा छुट्टाछुट्टै भ्रष्टाचार अनुसन्धानको सिलसिलामा अदालतले ४७ जना नगरपालिका अधिकारीलाई पक्राउ आदेश जारी गरेपछि पछिल्लो अनुसन्धान सुरु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इमामोग्लुलाई मार्च १९ मा पक्राउ गरी जेलमा थुनेपछि टर्कीएमा एक दशकयताकै सबैभन्दा ठूलो सडक प्रदर्शन भएको थियो ।

इमामोग्लुका निजी सचिव र उहाँका निजी सुरक्षा अधिकारीसहित इस्तानबुल सिटी हलमा भएको भ्रष्टाचारसँग सम्बन्धित करिब ७० जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

सीएचपीले इमामोग्लुलाई सन् २०२८ मा हुने राष्ट्रपतीय चुनावमा आफ्नो उम्मेदवारको रूपमा मनोनीत गरेको छ तर उहाँ चुनावमा भाग लिन पाउनुहुन्छ कि पाउनुहुँदैन भन्ने कुरा धेरै परीक्षण र अनुसन्धानको भाग्यमा निर्भर गर्दछ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’