2026-10-07 11:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लोअडेड बन्दुकसहित दुई जना पक्राउ

काठमाडौँ । अवैध हतियार राखेको सूचनाका आधारमा प्रहरीले मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलबाट दुई जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायव निरीक्षक (सई) मानबहादुर जिम्बाको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति करिब १०:३० बजे केराबारी–६ निवासी धनबहादुर श्रेष्ठको घरमा छापा मारेको थियो।

प्रहरीका अनुसार घरको पश्चिमतर्फको कोठामा तन्नाले छोपेर लुकाइएको अवस्थामा एक नाल लोअडेड बन्दुक बरामद गरिएको हो। उक्त हतियार फेला परेपछि प्रहरीले श्रेष्ठका २६ वर्षीय छोरा गणेश श्रेष्ठ र स्थानीय ३२ वर्षीय सन्तवीर तामाङलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवैजनामाथि प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ भने उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ। प्रहरीले हातहतियार तथा खरखजाना (नियन्त्रण) ऐनअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार बरामद गरिएको उक्त बन्दुक वन्यजन्तु सिकार जस्ता गैरकानुनी गतिविधिमा प्रयोग गरिएको हुनसक्ने आशंका गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ