2026-10-07 10:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

सत्ताको चाँबी कांग्रेसले लिनुपर्छ,उग्रवामपन्थीलाइ दिने होइन : डा. शेखर कोइराला

काठमाडौँ | नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अब आफ्नो पार्टीले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन्।

भक्तपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अप्ठेरो परिस्थितमा गएकाले सत्ताको चाँबी कांग्रेसले लिनुपर्ने बताएका हुन्।

‘अत्यन्तै अफ्ठ्यारो परिस्थितिमा देश गइरहेको छ। नेपाली कांग्रेस एउटा मध्यममार्गी पार्टी हो। हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन। उग्रवामपन्थीको त कुरै भएन। कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जान्छ। त्यो बुझौँ उनले भने, त्यो अराजकता रोक्न नेपाली कांग्रेसले मात्रै सक्छ। सरकार र सत्ता फरक कुरा हुन्। हामी सरकारमा छौँ। नेपाली कांग्रेस सरकारमा छ। तर सत्ताको चाबी हामीसित छैन। यसको अर्थ तपाईंहरू आफैँ लगाउनुस्। सत्ताको चाबी वामपन्थीसँग छ। त्यसलाई कसरी हामीले खोल्ने ? चाबी खोल्नुपर्‍यो नि त। साथीहरुले भन्नुहुन्छ, किन तिमी यसरी बोल्छौ।

भोलिको प्रतिस्पर्धी एमाले हो। उसले गलत काम गरेको छ भने गलतलाई गलत र सहीलाई सही भन्न सकौँ। नेपाली कांग्रेसका कार्यकर्ताहरूले गलतलाई गलत भन्न सकेनन् भने ती कार्यकर्ता नेपाली कांग्रेसका कार्यकर्ता होइनन्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो