2026-10-07 10:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रधानमन्त्री कार्यालयको निर्देशन: दरबन्दीभन्दा बढी कर्मचारी हटाउन ७ दिनको समय

काठमाडौँ । भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख तथा गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई समेत मुछिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारी व्यवस्थापनका लागि निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी खटाइएको विषयमा सात दिनभित्र आवश्यक सुधार गर्न र कर्मचारीको नाम सहितको विवरण पेस गर्न भनिएको छ। यससँगै निर्देशन पालना नभए प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने चेतावनी समेत दिइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले गृह सचिव गोकर्णमणि दुवाडी र सामान्य प्रशासन सचिव रविलाल पन्थलाई जेठ २१ गते पत्र पठाउँदै कानुन विपरीत कर्मचारी खटनपटन नगर्न निर्देशन दिएका हुन्।

अख्तियारको उजुरीपछि प्रधानमन्त्री कार्यालयको कदम
भिजिट भिसा प्रकरणमा दरबन्दीभन्दा बढी कर्मचारी परिचालन भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। आयोगले जेठ १३ गते प्रधानमन्त्री कार्यालयलाई पत्राचार गर्दै आवश्यक कारबाहीको माग गरेको थियो।

अख्तियारको पत्रका आधारमा प्रधानमन्त्री कार्यालयले मन्त्रालयहरूलाई पत्र पठाएको छ।प्रवक्ता प्रेम प्रसाद आचार्यका अनुसार, कर्मचारी व्यवस्थापनसम्बन्धी प्रचलित कानुनी व्यवस्था स्मरण गराउँदै तत्काल सुधार गर्न निर्देशन दिइएको हो।

के छ पत्रमा उल्लेख?

“गृह मन्त्रालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय तथा केही जिल्ला प्रशासन कार्यालयहरूमा दरबन्दीभन्दा गुणात्मक रूपमा बढी कर्मचारीहरू राखिएको, दरबन्दी नभएका स्थानमा काज सरूवा गरिएको र आवश्यकता रहेका स्थानहरूमा दरबन्दी खाली राखेर सेवा प्रवाहमा अवरोध पुर्‍याइएको उजुरी दर्ता भएको छ।”

साथै, निजामती सेवा ऐन, २०४९ को दफा १८(क), सोही दफाको उपदफा ३, सुशासन ऐन, २०६४ को दफा १५ र उपदफा ४, तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७(क) का कानुनी प्रावधानहरू पत्रमा उल्लेख गर्दै सचिव कार्कीले सम्झाएका छन्।

सात दिनको समयसीमा र कारबाहीको चेतावनी

“दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत निकायहरूको विवरण तथा कार्यरत कर्मचारीहरूको नाम नामेसीसहितको विवरण तुरुन्त उपलब्ध गराउन, र सात दिनभित्र दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गरिसकिएको जानकारी यस कार्यालयमा पेस गर्न अनुरोध गरिन्छ।”

“यदि यस्ता अनियमितता दोहोरिरहेमा सुशासन ऐन र निजामती सेवा ऐनअनुसार विभागीय कारबाही प्रक्रिया अघि बढाइनेछ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो