2026-09-14 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अदालतको अवहेलनाको आरोपमा प्रधानमन्त्रीसहित चार मन्त्रीविरुद्ध रिट, प्रारम्भिक सुनुवाइ आज

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा अदालतको आदेशको अवहेलना गरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जना मन्त्रीविरुद्ध पदमुक्तिको मागसहितको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी र वनमन्त्री ऐनबहादुर शाही ठकुरीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

रिटको प्रारम्भिक सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा तोकिएको छ।

विवादको मूल विषय बजेटको बुँदा नम्बर ८७ मा उल्लेख भएको खानीजन्य ढुङ्गा, गिट्टी र बालुवा निकासीमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। रिटमा यस व्यवस्थाले सर्वोच्च अदालतको अघिल्लो परमादेशको अवहेला गरेको दाबी गरिएको छ।

यसअघि, आर्थिक वर्ष २०७८/७९ को बजेटमा समेत यस्तै प्रावधान राखिएको थियो, जसविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइपछि अदालतले बुँदा नम्बर १९९ कार्यान्वयन नगर्न परमादेश दिएको थियो।

रिटमा अदालतको आदेशको पुनः उल्लंघन गर्दै उही प्रकृतिको व्यवस्था बजेटमा समावेश गरिएको भन्दै सो व्यवस्था कार्यान्वयनमा रोक लगाउन, सम्बद्ध मन्त्रीहरूलाई भविष्यमा सार्वजनिक पद धारण गर्न अयोग्य ठहर गर्न तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १७(४) अनुसार एक वर्ष कैद र दस हजार रुपैयाँ जरिवानासहितको कारबाहीको माग गरिएको छ। साथै, उनीहरूलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराइ तत्काल बयान लिन पनि माग गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले