2026-09-14 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

माओवादीको ‘दुई बुँदे ड्राफ्ट’प्रति असन्तुष्टि, रास्वपाले ल्यायो पाँच बुँदे प्रस्ताव

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अडान दोहोर्‍याउँदै सरकारलाई पुनः दबाब दिएको छ।

सत्तारूढ दलसँग सहमति खोज्ने प्रयास स्वरूप नेकपा (माओवादी केन्द्र) ले अघि सारेको दुई बुँदे प्रस्तावप्रति चित्त नबुझेपछि रास्वपाले पाँच बुँदे नयाँ प्रस्ताव सार्वजनिक गरेको हो। रास्वपाका प्रवक्ता मनिष झाले माओवादीको प्रस्ताव पर्याप्त नठानेर पाँच बुँदे विकल्प अघि सारेको बताएका छन्।

रास्वपाका अनुसार विपक्षी दलहरूले पाँच बुँदे प्रस्तावलाई समर्थन जनाइसकेका छन्। प्रवक्ता झाले विपक्षीहरूबीच आज दिउँसो ३ बजे संसद् बैठक अघि थप छलफल हुने बताएका छन्। नेपाली कांग्रेसले विपक्षीलाई सहमत गराउन उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा संवाद जारी राखेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङ भ्रमणबाट फर्केपछि विपक्षी दलहरूको बैठक बस्ने तयारी गरिएको छ।

रास्वपाको अडान यथावत: गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति अनिवार्य

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको धारणा सार्वजनिक गर्दै भिजिट भिसा प्रकरणमा गम्भीरता दर्शाउँदै गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको गठन अपरिहार्य रहेको बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, “संसद् छिटो सुचारु होस् भन्ने चाहना हामी सबैको हो। तर भिजिट भिसा काण्डमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा आवश्यक छ। हालसम्म आएका तथ्यहरू गम्भीर छन्— १ लाख ४० हजारभन्दा बढी युवासँग असुली गरिएको, भ्रष्टाचार रकम व्यवस्थापनका लागि सफ्टवेयरसम्म बनाइएको विवरण सार्वजनिक हुँदैछन्।”

उनले गृहमन्त्रीका केही कार्यहरू—जसमा अध्यागमन विभाग प्रमुख तीर्थराज भट्टराईको सरुवा, अनुसन्धान गरिरहेका डिआइजीको हटाइनु र पुनः फिर्ता गरिनुजस्ता गतिविधिहरू—प्रति पनि शंका व्यक्त गरेका छन्।

बुर्लाकोटीले थप लेखेका छन्, “गृहमन्त्रीको सचिवालयसमेत संलग्न रहेको आशंका गरिएका समाचारहरू सार्वजनिक भइरहेका छन्। यस्तो अवस्थामा गृहमन्त्रीलाई जोगाउने प्रयास आम नागरिकलाई स्वीकार्य छैन।”

रास्वपाले संसद्मा उठाएको मुद्दामा विपक्षी दलहरूको समर्थन रहेको भन्दै निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको राजीनामा अपरिहार्य रहेको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले