2026-10-02 08:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

आर्थिक सर्वेक्षण प्रस्तुत

काठमाडौँ ।  कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सो सर्वेक्षण विवरण प्रस्तुत गर्दै प्रदेशको आन्तरिक राजस्व उत्साहजनक नरहेको बताउनुभयो ।
उहाँले गत चैत मसान्तसम्म रु ११ अर्ब ११ करोड पाँच लाख राजस्व सङ्कलन भएको जानकरी दिनुभयो । यसैगरी, सङ्घ अनुदानको जम्मा रु नौ अर्ब एक करोड वार्षिक लक्ष्यमा ६२ प्रतिशत निकासा प्राप्त भएको जानकारी दिँदै मन्त्री मगरले प्रदेशको आर्थिक वृद्धिदर तीन दशमलव तीन प्रतिशत र प्रतिव्यक्ति आम्दानी एक हजार ४०१ अमेरिकी डलर रहेको बताउनुभयो ।
उहाँले प्रदेशको आर्थिक क्रियाकलापमा कृषिको ३४ दशमलव चार प्रतिशत र औद्यागिक क्षेत्रको १६ दशमलव शून्य तीन प्रतिशत योगदान रहेको उल्लेख गर्नुभयो ।
शून्य समय
शून्य समयमा कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा, रमेशकुमार बस्नेत, राधाकृष्ण खनाल र शोभा चेम्जोङले असारे विकास प्रवृत्तिले भ्रष्टाचार मौलाउने र गुणस्तर कम हुने, जेठ १७ गते परेको अविरल वर्षाले सुनसरीको धरान आसपासका क्षेत्रमा नदी कटान र खानेपानीको मुहान बगाएको, किसानले चैते धानको उचित मूल्य नपाएको तथा बालबालिकाहरु पछिल्लो समयमा खोला र पोखरीमा डुबेर अकालमा ज्यान गुमाउनु परेका आवश्यक योजना बनाउनुपर्ने जस्ता विषयमा धारणा राख्नुभएको थियो ।
प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपराह्न ३ बजे बस्ने छ । उक्त बैठकमा आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट सार्वजनिक हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव गौतम अमात्यले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता