2026-09-14 09:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

माइतीघरबाट नेकपा बहुमत निकट ७ विद्यार्थी पक्राउ

काठमाडौँ । सहकर्मीको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका नेकपा बहुमत निकट विद्यार्थी संगठनका ७ जना नेता तथा कार्यकर्तालाई प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिहरू वीरगन्जमा न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि कालो मसी छ्याप्ने आरोपमा पक्राउ परेका आफ्ना सहकर्मीहरूको रिहाइको माग गर्दै शुक्रबार प्रदर्शनमा उत्रिएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार, पक्राउ पर्नेमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका महासचिव उषा किरण कामी, केन्द्रीय सचिव हरि विष्ट, सदस्य सर्जन पाण्डे, ललितपुर अध्यक्ष सक्षम विक, सदस्य झक बिक, काठमाडौँ सदस्य सर्जन कामी र युवा संगठनका उपाध्यक्ष प्रमोद सिंह रहेका छन्।

वीरगन्जस्थित उच्च अदालत जनकपुर इजलासका न्यायाधीशद्वयले हत्या अभियोगमा रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमलाई सफाइ दिने फैसला गरेका थिए। त्यसको विरोधस्वरूप न्यायाधीशहरूमाथि बिहीबार चेम्बरमै कालो मसी छ्यापिएको थियो, जसको आरोपमा तीन जना नियन्त्रणमा लिइएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले