2026-09-14 09:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सदनमा विरोध जारी राख्ने रास्वपाको अडान : प्रमुख सचेतक परियार

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा आफ्नो विरोध जारी राख्ने जनाएको छ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले एमालेसँग दुई बुँदे सहमति गर्दै अवरोध अन्त्य गरे पनि आफूहरूले उठाएको मुद्दा समाधानमा नपुगेसम्म सदनमा विरोध कायम रहने बताएका छन्।

यसअघि माओवादी केन्द्र एमालेसँग सहमति गर्दै सदन सञ्चालनमा सहकार्य गर्न राजी भएको थियो। तर, रास्वपाले उक्त सहमति आफूलाई थाहा नदिई गरिएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ।

सभामुख देवराज घिमिरेले संसद अवरुद्ध अवस्थाबाट मुक्त गराउने प्रयासस्वरूप रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग आज बिहान छुट्टाछुट्टै छलफल गरेका थिए।

सभामुखले बजेटमाथिको छलफल संवैधानिक आवश्यकताअनुसार सुरु गर्नुपर्ने बाध्यता रहेको भन्दै रास्वपालाई अवरोध नगर्न आग्रह गरेका छन्। तर, छलफलले सहमति नजुट्दा निर्धारित समयमा संसद बैठक सुरु हुन सकेको छैन।

संसद सुचारु गर्न सभामुखको पहल जारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले