2026-10-06 09:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि विमानस्थल अध्यागमनका दुई उपसचिवको काज फिर्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत दुई उपसचिवको काज फिर्ता गरेको छ।

दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको विषयमा प्रधानमन्त्री कार्यालयले पत्राचार गरेपछि उपसचिव अच्युत श्रेष्ठ र निराजन श्रेष्ठको काज फिर्ता गरिएको हो।

गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव सुरेशराज जोशीका अनुसार, श्रेष्ठद्वयको दरबन्दी अन्यत्र रहेकाले उनीहरूलाई सोही स्थानमा फर्काइएको हो। अच्युत श्रेष्ठ गृह मन्त्रालयमा र निराजन श्रेष्ठ अध्यागमन विभागमा दरबन्दीकृत कर्मचारी हुन्।

प्रधानमन्त्री कार्यालयका प्रशासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले जेठ २१ गते गृह सचिव गोकर्णमणि दुवाडीलाई पत्र पठाउँदै, विमानस्थलमा दरबन्दीभन्दा बढी काजमा रहेका कर्मचारी फिर्ता गरी सात दिनभित्र जानकारी गराउन निर्देशन दिएका थिए।

त्यसपछिप्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव प्रेमप्रसाद आचार्य अनुसार, गृह सचिव दुवाडीले जेठ २९ गते प्रधानमन्त्री कार्यालयलाई पठाएको पत्रमार्फत काजमा रहेका अतिरिक्त कर्मचारी फिर्ता गरिएको जानकारी दिएका छन्।

विमानस्थल अध्यागमन कार्यालयमा उपसचिवको स्वीकृत दरबन्दी ६ जना रहेकोमा ‘प्रभाव’ प्रयोग गरी ८ जना पुगेका थिए। अच्युत श्रेष्ठ र निराजन श्रेष्ठको काज फिर्तापछि अब दरबन्दीअनुसार ६ उपसचिव मात्रै कार्यरत रहेका छन्।शाखा अधिकृततर्फ १२१ जनाको दरबन्दी रहेकोमा हाल ११८ जना कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो