भदौ १६, सुनसरी । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले विपक्षी दलका जनप्रतिनिधिले आफूलाई विकास निर्माणको काम गर्न नदिएको गुनासो गर्नुभएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, सुनसरी । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले विपक्षी दलका जनप्रतिनिधिले आफूलाई विकास निर्माणको काम गर्न नदिएको गुनासो गर्नुभएको "/>
2026-08-27 01:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इनरुवा नगरपालिकाका प्रमुख मेहताको गुनासो

भदौ १६, सुनसरी । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले विपक्षी दलका जनप्रतिनिधिले आफूलाई विकास निर्माणको काम गर्न नदिएको गुनासो गर्नुभएको छ । 

सुनसरी सदरमुकाम इनरुवामा बिहीबार पत्रकारसँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरेर प्रमुख मेहताले सो कुरा बताउनुभएको हो । 

प्रमुख मेहताले आफू जननिर्वाचित भएपनि आफूलाई सेरेमोनियल (आलंकारिक) झँै विपक्षी दलका जननिर्वाचित प्रतिनिधिले राख्न खोजेको गुनासो गर्नुभयो । उहाँले आफूलाई काम गर्न नदिइएकाले सोचेअनुरुप काम गर्न नसकेको र प्रगतिसमेत हासिल गर्न नसकेको बताउनुभयो । 

प्रमुख मेहताले बहुमतको खेलमा विपक्षी दलका साथीहरुले बहुमतको बलमा आफूलाई ‘पेण्डुलम’ बनाउन खोजेको आरोप लगाउनुभयो । जननिर्वाचित भएपश्चात् पार्टीभन्दा माथि उठेर कार्यसम्पादनलाई बढावा दिनुपर्नेमा विपक्षी पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कार्यशैलीले गर्दा समस्या उत्पन्न गराएको उहाँले दुखेसो पोख्नुभयो । 

प्रमुख मेहताले कुनै पार्टीको नाम नभने पनि इनरुवा नगरपालिकामा नेकपा (एमाले) को बहुमत भएकाले सो पार्टीतर्फ इङ्गित गर्दै काम गर्न नदिएको बताउनुभयो । 

इनरुवा नगरपालिकाको कार्यपालिका र नगरसभामा एमालेको बहुमत रहेको छ । प्रमुख मेहताले आफू सेरेमोनियल नभई जनताको भोटले निर्वाचित भएर आएको जननिर्वाचित प्रतिनिधि भएकाले अरूले चाहेजस्तो अनुगमन अधिकारीसरह भएर चुप लागेर नबस्ने बताउनुभयो । 

प्रमुख मेहताले आफ्नो भिजन, स्रोत अनि दातृ निकायलाई ल्याउन सक्ने सामथ्र्य भएपनि आफ्नो सोचको कुनै कदर नभएको बताउनुभयो । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक