शंकर के सी/भदौ १६, सल्यान । नेपाली काग्रेस निकट नेपाल शिक्षक संघ सल्यानले जिल्लाका दश वटै स्थानीय तहमा कार्यसमिती चयन शुरु गरेको छ । 

जस अनुसार स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर के सी/भदौ १६, सल्यान । नेपाली काग्रेस निकट नेपाल शिक्षक संघ सल्यानले जिल्लाका दश वटै स्थानीय तहमा कार्यसमिती चयन शुरु गरेको छ । 

जस अनुसार स"/>

2026-09-08 05:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाल शिक्षक संघ सल्यान स्थानीय तहमा कार्यसमिती चयन गर्दै


शंकर के सी/भदौ १६, सल्यान । नेपाली काग्रेस निकट नेपाल शिक्षक संघ सल्यानले जिल्लाका दश वटै स्थानीय तहमा कार्यसमिती चयन शुरु गरेको छ । 

जस अनुसार संघले कपुरकोट गाउँपालिकामा शुक्रबार पहिलो स्थानीय अधिवेशन गरेको छ । अधिवेशनको बन्दशत्रबाट कपुरकोट गाउँपालिका स्तरिय नेपाल शिक्षक संघ गाउँ कार्यसमिती चयन गर्ने कार्यक्रम छ ।

अधिवेशन उद्घाटन शत्रमा बोल्दै संघका सल्यान जिल्ला अध्यक्ष एकराज बुढाथोकीले शिक्षकहरुको हक, अधिकार र विकासका लागी लड्ने संगठन नेपाल शिक्षक संगठन नै भएको बताएका छन् । शिक्षकहरुले कर्णधार उत्पादनका साथसाथै विकासका क्रियाकलापमा पनि लाग्नु पर्ने धारणा व्यक्त गरे । 

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शिक्षक महासंघ सल्यानका संयोजक बामदेव अधिकारिले आ—आफ्नो हकहितका बारेमा आवाज उठाउदै गर्दा शिक्षाको गुणस्तरलाइ समेत शिक्षकहरुले ध्यान दिनुपर्ने आवश्यकता रहेको औल्याए ।

कार्यक्रममा नेपाल शिक्षक संघ सल्यानका सचिव युवराज रेग्मी, काग्रेस क्षेत्र नम्बर २ का निवर्तमान सभापती दुर्गा बहादुर गिरी लगाएतकाले शुभकामना मन्तव्य राखेको थिए । संघका साविक धनवाङ गाविस अध्यक्ष योगराज खड्कोको सभापतीत्वमा भएको कार्यक्रममा टंकी महताराले स्वागत मन्तव्य राखेकी थिइन् भने संचालन कुवेर केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ