2026-10-02 08:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

धरानको ‘श्रमदान’ अभियानमाथि प्रश्न : डोर हाजिरी भराएर बील पेस

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङको चर्चित ‘श्रमदान’ अभियानमाथि अब प्रश्न उठ्न थालेका छन्। श्रमदानका नाममा आफूनिकट समर्थकलाई बोलाएर डोर हाजिरी फाराम भराई उपमहानगरबाट भुक्तानी माग गरिएको पाइएको छ।

सर्दु खोला नियन्त्रण अभियान अन्तर्गत धरान–१६ मा साम्पाङको नेतृत्वमा भएको श्रमदान कार्यक्रममा सहभागी १५ जनाका लागि १ लाख ४८ हजार रुपैयाँ बराबरको बील पेस गरिएको छ। तर उपमेयर आइन्द्रविक्रम बेघाले निकासा रोक्दा विवाद चर्किएको हो।

निकासा रोकिएको खबर सार्वजनिक भएपछि सोमबार कार्यालयमै उपमेयरमाथि साम्पाङ समर्थकहरूले अभद्र व्यवहार र हातपातको प्रयास गरेका थिए।

साम्पाङले चलाएका अन्य श्रमदान परियोजनाहरू जस्तै बहुभाषिक विद्यालय संरक्षण, साबुन फ्याक्ट्री, बेसार उद्योग—मा पनि डोर हाजिरी सहित बील पेस गरिएकोकुरा बाहिरिएको छ। डोर हाजिरीमा सामेल अधिकांश व्यक्ति मेयर समर्थक वा निकट मानिने रहेको छ।

साम्पाङले भने श्रमदानमार्फतै ठूलो परिमाणको काम कम लागतमा सम्पन्न हुने दाबी गर्दै आएका छन्। उनले डोर हाजिरी फाराम ‘मूल्यांकनका लागि आवश्यक दस्तावेज’ भएको स्पष्टिकरण दिएका छन्।

फेसबुक भिडिओमार्फत उनले भने, ‘श्रमदान भन्ने, भुक्तानी लिने भन्दै अफवाह फैलाइरहेका छन् केही विरोधीहरू । सम्बन्धित दलकै साथीहरू । यति बराबरको योगदान श्रमदाताले गर्‍यो भन्ने हाम्रो प्रक्रिया हुन्छ । १० लाखको श्रमदान र ७ लाखको तारको जाली किन्यो भन्ने कसरी मूल्यांकन गर्ने त ? त्यसको लागि उठाइएको हो । टिप्पणीमा श्रमदाताले भुक्तानी नलिने भन्ने लेखिएको छ । अरु पनि थुप्रै काम गरेका छौं । यति रकम बराबरको काम श्रमदानबाट गरियो भन्ने रेकर्ड राख्न गरिएको हो । पार्टीगत इगो र बिगार्ने/बिग्रिने खालको काम नगर्नुस् । लेखामा आएर हेर्दा हुन्छ रेकर्ड’, उनको प्रष्टीकरण दिए ।

 

प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईँले विषयमा आधिकारिक जानकारी नभएको बताए। उनका अनुसार उपभोक्ता समितिमार्फत योजना सञ्चालन गर्दा डोर हाजिरीको प्रक्रिया प्राविधिक मूल्यांकनका लागि प्रयोग हुने गर्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता