२८ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पत्रकारितालाई मर्यादित पेसा बनाउनुपर्ने : मुख्यमन्त्री शाह

६ असार २०८२, शुक्रबार १५:५५

काठमाडौँ | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकारितालाई मर्यादित पेसा भएको अनुभूति गराउन जरुरी भएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले महिला पत्रकारका लागि कञ्चनपुरमा आज आयोजना गरेको दुईदिने प्रशिक्षणमा उहाँले धेरै चुनौती पार गरेर पत्रकारिता जगत् वर्तमान अवस्थामा आइपुगेकाले पेसालाई मर्यादित बनाउनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्रीले सीमित स्रोतसाधनबाट नै सरकारले आगामी आर्थिक वर्षका लागि राष्ट्रिय समाचार समितिको भवन निर्माण, ‘पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम’, ‘सहिद दशरथ चन्द स्मृति पत्रकारिता पुरस्कार’को अक्षय कोष स्थापना, नेपाल टेलिभिजनको स्टुडियो निर्माणलगायत सञ्चार संस्थालाई बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँले, प्रदेश पत्रकार महासङ्घका अध्यक्ष भरत शाह, प्रेस काउन्सिल नेपालका पूर्वसदस्य हरि जोशी, पत्रकार चित्राङ्ग थापाले मुलुकमा अभ्यास भएको पत्रकारिताका बारेमा आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफ्ताव आलम प्रकरणः न्याधीशहरूलाई कालोमोसो दलेका नेताहरूलाई पार्टीको सम्मान बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरेर काठमाडौँ पठाइयो बालिकाको बलात्कार र हत्या अभियोगमा इरानमा फाँसी उत्पीडित समुदायको राजनीतिक, आ‘र्थिक र सामाजिक विकास हुनुपर्छ मधेस प्रदेशसभा बैठक अवरुद्ध पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन एक करोड २५ लाखमा बन्यो वडाको प्रशासकीय भवन सरकारको नयाँ विधेयक: राष्ट्रपति–प्रधानमन्त्रीले उपहार लिन नपाउने, लिए कारबाही हुने देशमा हामीले कति विकास गरेकाछौ भनेर आफ्ना अग्रज र अभिभावकहरूसँग ज्ञान लिन सकिन्छ : उपप्रधानमन्त्री सिंह भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ