<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/25a61a0dd2cedb993c796fd6e853803b1504424757.jpg" style="float: left;"><b>भदौ १८, चितवन।</b> नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सेवा दिन निजामती कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बताउनुभएको छ । <br></p><p>नेपाल निजामती कर्मचारी संगठन चितवनले निर्माण गरेको शहिद मनोज–झपेन्द्र स्मृति सभाकक्षको उद्घाटन गर्दै उहाँले कर्मचारी इमान्दार भएमा भ्रष्टाचार निर्मूल हुन्छ भन्दै कर्मचारी सामान्य कर्तव्यमा मात्रै नभएर अनिवार्य कर्तव्यमा जुट्नुपर्ने बताउनुभयो । जिससको जग्गामा संगठनको भवनको भुइँतल्लामा सभाकक्ष निर्माण गरिएको हो । रासस (फाइल फोटो)</p>
Related News


