2026-07-25 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘एकल महिलाको हितमा ध्यान दिएरै योजनाबद्ध काम गरेका छौँ’: चिरीबाबु महर्जन

2025-06-23
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले एकल महिलाको हितमा ध्यान दिएरै योजनाबद्ध रुपमा काम गरेको बताउनुभएको छ । पन्ध्रौँ अन्तरराष्ट्रिय एकल महिला दिवसका अवसरमा मानवअधिकारका लागि महिला एकल महिला समूहद्वारा आज ललितपुरमा आयोजित समारोहमा मन्तव्य राख्दै महानगर प्रमुख महर्जनले एकल महिलाले धेरै पीडा भोग्नुपरेको कुराका विषयमा आफू जानकार  रहेको उल्लेख गर्दै आफ्नो पहिलो कार्यकालदेखि नै सहकार्य गरेर काम गर्दै आएको बताउनुभयो ।
“कोरियाको चेओरवन शहरसँग भगिनी सम्बन्ध कायम ग¥यौँ, कोरियाको कृषिको राम्रो काम हामीले भित्र्याउन प्रयास गरियो, त्यसको सुरुआत सुनाकोठीको छहारी एकल महिला समूहलाई सहयोग गरेर काम गरिरहेका छौँ, महानगरभित्रका हरेक एकल महिला समूहसँग राम्रोसँग सहकार्य गरेर काम गरिरहेका छौँ, भविष्यमा पनि गर्छौं”, उहाँले भन्नुभयो । महानगरप्रमुख महर्जनले ललितपुरले सामाजिक क्षेत्रमा राम्रो काम गरिरहेको छ भन्दै त्यसमा एकल महिलाको हितका लागि गरिएको काम पनि महत्वपूर्ण कार्यका रुपमा रहेको बताउनुभयो ।
युएन वुमनका राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेनले एकल महिलाको न्यूनतम आवश्यकता परिपूर्ति, स्वाभिमानको प्रत्याभूतिहरुका लागि ध्यान दिनुपर्ने र उनीहरूको क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सक्षम बन्न र आर्थिक सशक्तिकरणका लागि एकल महिलाको सङ्घर्ष अझै बाँकी रहेको धारणा राख्नुभयो ।
वडा नं २७ का अध्यक्ष कृष्णहरि महर्जनले एकल महिलाहरुलाई सशक्त र सक्रिय बनाउन वडा तहबाट धेरै कार्यक्रम उपलब्ध गराउँदै हौसला बनाउने तथा उनीहरुको क्षमता अभिवृद्धि गर्ने कार्य गरिरहेको जानकारी गराउनुभयो ।
सभा नेपालका अध्यक्ष उषा डङ्गोलले एकल महिलाहरुको अहिले पनि आर्थिक र मानसिक पीडा अझै चुनौतीपूर्ण रहेको बताउनुभयो । मानवअधिकारका लागि महिला एकल महिला सामूहिक अध्यक्ष कविता पाँडेले एकल महिलाका पीडा र समस्यालाई हेर्ने सोच राम्रो हुनुपर्ने बताउनुभयो ।
‘जीवन निर्माण र मर्यादा पुनस्र्थापित गर्न एकल महिलाहरूलाई सशक्त बनाऔँ’ भन्ने नारासहित १५औँ अन्तरराष्ट्रिय एकल महिला दिवस मनाइएको हो । सन् २०१० मा सयुक्त राष्ट्रसङ्घद्वारा जुन २३ को दिनलाई अन्तरराष्ट्रिय एकल महिला दिवसका रुपमा पारित गरेको थियोे । सोही अनुसार सन् २०११ देखि एकल महिलाका क्षेत्रमा कार्य गर्ने विभिन्न मुलुकका सङ्घ संस्थाहरुले समेत अन्तरराष्ट्रिय एकल महिला दिवस मनाउँदै आइरहेका छन् । नेपालमा पनि मानव अधिकारका लागि महिला, एकल महिला समूहले विभिन्न वकालतमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिस्तरबाट नै एकल महिलामाथि हुने विभेद र असमानताको अन्त्य हुनुपर्दछ भनिए तापनि लैङ्गिक विभेद, सामाजिक सांस्कृतिक संरचनाका कारणले एकल महिलाले सम्पत्तिमाथिको अधिकार प्राप्तिमा कठिनाइलगायत अन्य विभेद तथा दुव्र्यवहार लामो समयदेखि नै भोग्दै आइरहेको अवस्था छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक